2026-09-03 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाँउपालिका केन्द्र विवाद: स्वास्थ्य चौकी तोडफोड, ३ जना घाइते


टेक शाही/साउन १२, डोल्पा । श्रावण १२ डोल्पा । डोल्पाको मुड्केचुला गाँउपालिकाको केन्द्रको बिषयमा कुरा नमिले पछि बिबाद चर्किएको छ । 

केन्द्रको स्थान तोक्ने बिषयमा कुरा बाझिए पछि बैठक बसेको बेलामा स्थानियले स्वास्थ्य चौकिमा तोडफोड गरेका छन ।  यस भन्दा पहिले गाँउ कार्यपालिकाले निलदह भन्ने स्थानमा गाँउपालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो । बहुमतले पारित गरेको निर्णय हाम्रा लागि मान्य छैन भन्दै वडा नँ ६ नर्कूका स्थानियले साबिकको नर्कू गाविसमा हुनु पर्ने भनि तोडफोट गरेका स्थानियहरु बताउछन । 

इलको राजिकुम्दामा रहेको स्वास्थ्य चौकिको भवनमा बैठक बसेको बेला वडा नँ ६ का स्थानियले ढुङ्गामुढा गरे पछि स्थानिय ३ जना घाइते भएको र स्वास्थ्यचौकिको जस्तापाता,झयाल सिसा सबै क्षती भएका इलाका प्रशासन कार्यालय इलले जानकारि दिएको छ । 

घाइते हुनेमा मुड्केचुला गाँउपालिका वडा नँ ३ का तपिलदर बोहोरा,वडा नँ हर्क बुढा र बिष्णु बुढा रहेका छन । घाइतेको अबस्था समान्य रहेको इलका प्रशासनले जनाएको छ । 

नर्कुका स्थानियले हातपात गर्न खोजे पछि गाँउपालिकाका प्रम्रख,उपप्रमूख सहित ७ जना र गाँउपालिकाका कार्याकारि अधिकृत इलाका प्रशासन कार्यालयमा सुरक्षित रहेको इलाका प्रशासनका कर्मचारि मिनराज बुढाले जानकारि दिए । 

मुड्केचुला गाँउ पालिकाको आर्थिक बर्ष ०७४÷०७५ को बजेट पारित भएको भए पनि वडा नँ ६ का स्थानियले त्यो बजेट मान्य नह्ुने भन्दै फेरि बजेट पारित गनर््ु पर्ने नत्र कि त गाँउपालिकाको केन्द्र आफुले भनेको स्थानमा हुने पर्ने माग राखेका छन । 

जनताले माग राख्नु स्वभाविक भएको र छिटै् राजनितिक सहमतिबाट समास्याको समाधान हुनेमा आफु बिश्वस्त भएको निमित्त प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले बताए । 

हालको इलका प्रशासनको कार्यालय भएको ठाँउमा गाँउपालिकाका कर्मचारिहरु सूरक्षित रहेको र नर्कुमा जान इलका स्थानियले नदिए पछि कर्मचारि पनि इलकामा बसेको जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि नायव उपरिक्षक सुमित खड्गाले जानकारि दिए । 

गाँउपालिकाको केन्द्र कहाँ राख्ने भन्ने बिषयमा नै बिबात चर्किए पछि जनताका अन्य सेवा प्रवाहरु पूरै रोकिएका छन । बहुमतले पारित गरेको केन्द्र केहि वडाले नमाने पछि बिवादमा तानिएको हो । सबैको पायक पर्ने सुरक्षित र भर पर्दो ठाँउमा सहमतिमा गाँउपालिकाको केन्द्र तोक्न आफुले आग्रह गरेको नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य हँश बहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही