३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विक्की कौशलको ‘छावा’ ले तोड्यो ‘पुष्पा २’ को रेकर्ड

१८ फाल्गुन २०८१, आईतवार १८:११

काठमाडौँ | बलिउड अभिनेता विक्की कौशल अभिनीत फिल्म ‘छावा’ ले भारतीय बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफ का अनुसार, फिल्मले १६ दिनमा ४३३ करोड ५० लाख भारू कमाइसकेको छ। यससँगै ‘छावा’ ले ‘पुष्पा २’ को रेकर्ड तोडेको छ। ‘पुष्पा २’ ले तमिल, तेलुगु, कन्नड, र मलयालम भाषाहरूमा १६ दिनमा ४२१ करोड ९६ लाख भारू कमाएको थियो।

फिल्म १३० करोड भारू बजेटमा निर्माण भएको हो, जसले यसको ब्यापारिक सफलतालाई झन् उल्लेखनीय बनाएको छ।

लक्ष्मण उतेकर निर्देशित यो फिल्ममा विक्की कौशलसँगै रश्मिका मन्दाना, अक्षय खन्ना, आशुतोष राणा, दिव्या दत्ता लगायतका कलाकारको दमदार अभिनय देख्न सकिन्छ।

यो फिल्ममा निर्देशक लक्ष्मण उतेकर र अभिनेता विक्की कौशल को दोस्रो सहकार्य हो। यसअघि उनीहरूले सन् २०२३ मा रिलिज भएको फिल्म ‘जरा हटके जरा बचके’ मा एकसाथ काम गरेका थिए। लक्ष्मण उतेकरले यसअघि ‘मिमी’ र ‘लुका छुपी’ जस्ता लोकप्रिय फिल्महरू निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली