लोकेन्द्र प्रशाद जोशी/साउन १२, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा जोगाउन निर्माणाधीन महाकाली तटबन्धको २० मिटर पर्खाल महाकाली नदीले बगाएको छ । "/>
लोकेन्द्र प्रशाद जोशी/साउन १२, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा जोगाउन निर्माणाधीन महाकाली तटबन्धको २० मिटर पर्खाल महाकाली नदीले बगाएको छ । "/>
लोकेन्द्र प्रशाद जोशी/साउन १२, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा जोगाउन निर्माणाधीन महाकाली तटबन्धको २० मिटर पर्खाल महाकाली नदीले बगाएको छ ।
महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरिरहेको महाकाली तटबन्धको प्याकेज नम्बर १० बंगाबगड क्षेत्रको महाकाली तटबन्धको १०/१० मिटरका २ ओटा ग्र्याभेटी पर्खाल नदीले बगाएको आयोजना प्रमुख सुशीलचन्द्र देवकोटाले बताउनुभयो ।
महाकाली नदीले खोतीला पहिरो क्षेत्रको वारिपट्टीको महाकाली तटबन्धको २ ओटा पर्खाल बगाएको छ भने सोही क्षेत्रमा २ ओटा पर्खाल जोखिममा रहेको छन् ।
२ ओटा पर्खालहरु समेत भासिन लागेकोले जोगाउन ग्याविन जाली लगाउने तथा ढुङ्गा भरानको काम भइरहेको छ ।
सिमेन्ट कम हाली छिटो काम सिध्याउन ठेकेदारको लापरबाहीका कारण गुणस्तरहीन तटबन्ध निर्माण गरेको आरोप लगाउदै बंगाबगर बासीले आक्रोस पोखेका छन् ।
यसअघि दुइसाता अघि भएको वर्षाका कारण पनि प्रखाल भासिएको थियो ।
भत्काएको क्षेत्रमा ग्याबीन जाली र ढुंगा राखिएको थियो । भत्काएर अड्कीएको पर्खाल नदीले बगाएको हो । निरन्तर बर्षा हुँदा अहिले पनि बंगाबगड बासी बाढीको त्रासमा छन् । नदीमा पानी बढ्ने वित्तिकै निन्द्रा नै लाग्न छोडेको स्थानियहरुले बताएका छन ।