२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लाज शरणम्’ दोस्रो सातामा प्रवेश, कति कमायो?

२२ फाल्गुन २०८१, बिहीबार १२:४६

काठमाडौँ | ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । कुमार कट्टेल निर्देशित फिल्मले पहिलो साता घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ ।

पहिलो साता यो फिल्म मुलुकका झण्डै २०० शोसहित प्रदर्शनमा आएको थियो । महाशिवरात्रि अवसरमा प्रदर्शनमा आएका फिल्ममध्ये ‘लाज शरणम्’को कमाइ ‘फेरि रेशम फिलिली’ र ‘मायावी’भन्दा धेरै छ ।

तीनै फिल्म एकैसाथ आउँदा कुनैपनि फिल्मले अपेक्षाकृत कमाइ चाहिँ गर्न सकेनन् । यद्यपि, ‘लाज शरणम्’ले सुखद कमाइ चाहिँ गरेको छ । चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार फिल्मले पहिलो साता २ करोेड ७० लाख रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ ।

वितरकको डेटामा चाहिँ कमाइ केही बढी हुनसक्छ । झण्डै ३ करोड हाराहारीमा वितरकको कमाइ रिपोर्ट हुनसक्ने अनुमान छ । यो हिसाबमा दोस्रो साताको कलेक्सन समावेश छैन ।

वितरक र निर्माताले पहिलो साताको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छैनन् । ओपनिङ चाहिँ १ करोड १० लाख रुपैयाँ ग्रस बताएका थिए । यो मल्टिस्टारर फिल्मलाई टिभी श्रृंखला ‘सक्गिो नि’को निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै