४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऊर्जामन्त्रीलाई लिङ्देनको चेतावनी: कर्मचारीलाई नोकर नठान्नुस्

२२ फाल्गुन २०८१, बिहीबार १७:०८
काठमाडौँ |  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे संसदमा सत्तापक्ष र प्रतिपक्षबीच चर्को बहस भएको छ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सदनमा झुटा विवरण प्रस्तुत गरेको आरोप लगाए।

लिङ्देनले मन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले झुटा विवरण प्रस्तुत गर्नु गलत भएको बताउँदै संसदलाई मूर्खहरूको जमघट नठान्न चेतावनी दिए।


उनले सरकार कर्मचारीलाई मात्र कारिन्दा र नोकरको रूपमा हेर्ने प्रवृत्ति अपनाएमा आफूहरू त्यस्ता कर्मचारीहरूको पक्षमा उभिने स्पष्ट पारे।

‘मन्त्रीजीले जसरी सबै प्रतिपक्षमाथि खनिनुभयो। सत्तापक्ष माननीयले पनि एउटा कर्मचारीलाई बोकेर नहिँड्नुस् भन्नुभयो,’ उनले भने, ‘कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै ठान्छ, नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिन्छौं। अन्याय हुन दिन्नौं।’

लिङ्देनले ३५ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई आठ वर्षमा ५२ अर्ब खुद नाफामा पुर्‍याउने नेतृत्वकर्ताविरुद्ध गलत सूचना फैल्याउनु जलविद्युत क्षेत्रकै हित विपरीत हुने बताए।

उनले व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थागत हितलाई कमजोर पार्न नहुने भन्दै मन्त्री खड्कालाई परिस्थिति बिग्रन नदिन चेतावनीसमेत दिए।

उनले ऊर्जा मन्त्रालय व्यवसायीहरूबाट उठाउनुपर्ने २२ अर्ब रुपियाँ संकलन नगर्ने संकेत देखिएको आरोप लगाउँदै, त्यसो भएमा गम्भीर परिणाम आउन सक्ने बताए।

बैठकमा ऊर्जा मन्त्री खड्काले कुलमानबारे उठेका प्रश्नको जवाफ दिँदै कर्मचारीलाई बोकेर नहिँड्न सुझाव दिए। उनले कटाक्ष गर्दै भने, ‘गाउँघरतिर भनिन्छ, बच्चालाई काँधमा बोकेपछि पिसाब फेरिदिन्छ। त्यस्तो अवस्था नआओस्।’

त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कुलमानलाई प्रतिपक्षी दलहरूको साझा अध्यक्ष बनाउन सुझाव दिँदै व्यंग्य गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित