४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराजालाई प्रचण्डको चेतावनीः इतिहासको चक्का पछाडि फर्किन्छ भनेर सोच्नुभन्दा मुर्खता केही हुँदैन

२२ फाल्गुन २०८१, बिहीबार १८:१०

काठमाडौँ  | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजसंस्थाको कुनै गुञ्जायस नरहेको बताएका छन् । आज (बिहीबार) पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले राजसंस्था फर्काउने दुस्साहस कुनै पनि हालतमा सफल नहुने बताएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्रले पार्टी खोलेर चुनाव लड्दामात्रै पनि झन ठूलो मूल्य चुकाउनुपर्ने बताए । अब जनताले निरङ्कुश राजतन्त्रलाई नमान्ने उनको चेतावनी छ ।

‘इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस कुनै हालतमा सफल हुँदैन । त्यो मुर्खता हो । अहिले धेरै नेताहरुले भनेको मैले सुनिराखेको छु– पूर्वराजा नागरिक भइसकेका छन्, नागकिकको रुपमा पार्टी खोलेर चुनाव लडे हुन्छ । त्यो मुर्खता उनले गरे भने त्यसको मूल्य झन ठूलो चुकाउनुपर्ने अवस्था आउँछ । जनता मान्नेवाला छैनन् । त्यो कुरा बुझे हुन्छ,’– उनले भने ।

साथै, प्रचण्डको पूर्वराजासँग उठीबसी रहेको भनी केही तत्वहरुले भ्रम फैलाएको पनि उनले बताए । त्यसरी फैलाइएको भ्रमलाई जनताले नपत्याउने पनि प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रले पहिला पनि पटक–पटक मुर्खता देखाइसकेको बताउँदै अब उक्त गल्ती नदोहोर्याउने सुझाव दिए । ‘अहिले केही मान्छेहरुले इतिहास फर्किन्छ भन्ने सोच्नु त्यो भन्दा मुर्खता केही पनि हुँदैन । यो भन्दा अगाडि पनि ज्ञानेन्द्रले धेरै मुर्खता गरिसकेका छन् । फेरि अहिले त्यो काम नगरून् । मेरो सुझाव यही हो,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित