२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कमेडी दरबार’ ले हटायो गायक कुमा सागर लक्षित व्यङ्ग्य

२३ फाल्गुन २०८१, शुक्रबार १८:०२

काठमाडौँ | टिभी शो ‘कमेडी दरबार’ ले गायक कुमा सागरलाई लक्षित गर्दै व्यङ्ग्य गरिएको भाग हटाएको जनाएको छ । ‘अभियन्ता’ को दबाबपछि टिभी शो ‘कमेडी दरबार’ मा आज प्रसारणको तयारीमा रहेको भागबाट उक्त विषय हटाइएको हो ।

आफूलाई ‘अभियन्ता’ बताउने केही व्यक्तिले प्रसारण तयारीमा रहेको एपिसोडमा समावेश गायक लक्षित भागलाई काट्नै पर्छ भनेर दबाब दिएपछि आफूले हटाएको निर्देशक तथा प्रस्तोता विक्की अग्रवालले बताए ।

‘ती व्यक्तिले हामीलाई हटाउन भनेको त होइन । ओएसआर युट्युब च्यानलको कार्यालयमा फोन गरेर भनेका रहेछन्’, अग्रवालले भने– ‘ओएसआरले आफूहरूलाई हटाउन भनेपछि हटाएका हौँ ।’

शोले दुई दिनअघि सार्वजनिक गरेको २८ औँ एपिसोडको ट्रेलरमा कुमा सागर लक्षित केही कमेडी संवाद समावेश गरिएको देखिएको थियो । अब आज शुक्रवार राती ९ बजेदेखि प्रसारण हुने ‘कमेडी दरबार’ को नयाँ एपिसोडमा उक्त दृश्य देख्न पाइनेछैन ।

कमेडियन विकास अर्याल र विश्वास तिम्सिनाले दिएको उक्त प्रस्तुतिमा उक्त दृश्य समेटिएको थियो ।  कुमा सागरलाई लिएर हालै सुशान्त केसीको पडकास्ट समेत विवादमा परेको थियो ।

एस्तो छ ट्रेलर:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान