४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराजालक्षित माओवादी सांसदको आरोपः वंश विनाश गर्नेले राजा फर्काउने नाटक मञ्चन गर्दैछन्

२५ फाल्गुन २०८१, आईतवार १५:१९

काठमाडौँ | राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाएका छन्।

आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरिरहेको आरोप लगाएका हुन्।

उनले विश्वका धेरै देशहरूमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरेको बताए। उनले राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरू अहिले राजा फर्काउने काममा लागेको भन्दै असन्तुष्टि जनाए।

‘विश्वका धेरै देशहरूमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर, सबैभन्दा कठिन र चुनौतिपूर्ण संघर्ष गरेर अढाइ सय वर्ष अघिदेखि जरा गाडेर बसेको निरंकुश सामन्तवाद राजतन्त्रको अन्त्य गरेका हौँ,’ उनले भने, ‘त्यो राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरू अहिले राजा फर्काउने भन्दैछन्। जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने एउटा नाटक मञ्चन गरिरहेका छन्।’

उनले राजावादीहरू अराजक भएको र उनीहरूलाई नियन्त्रण गर्न सरकारले नसकेको आरोप पनि लगाए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ