Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्वास्थ्य बीमा बोर्डको कार्यकारीमा डा. रघुराज नियुक्त

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । विकास अर्थशास्त्री तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् ।

सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये डा.काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तरवार्तापश्चात अन्तिम सूचीमा डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

मन्त्री पौडेलले गठन गरेको बिमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य थिए । प्रतिवेदनको मस्यौदामा डा. काफ्लेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यदलले स्वास्थ्य बिमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो ।

अब व्यास नगरपालिकाका डा. काफ्लेले सोही प्रतिवेदन कार्यान्वयनको महत्त्वपूर्ण निकायको कार्यकारीको जिम्मेवारी प्राप्त गरेका हुन् ।

यसअघि डा. काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । बोर्डमा रहँदा डा. काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम शुरु गरेका थिए ।