२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजसंस्था फर्काउनेबारे पूर्वराजासँग रविदाइको छलफल भएको थियो: मुकुल ढकाल

२०८१, २७ फाल्गुन मंगलवार १४:११

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका भूतपूर्व महामन्त्री डा. मुकुल ढकालले सो पार्टीका सभापति रवि लामिछानेले पूर्वराजासँग भेटेर राजसंस्था पुनर्स्थापनाबारे छलफल गरेको स्मरण गरेका छन् । पार्टी स्थापना हुनुभन्दा अगाडि लामिछानेले पूर्वराजालाई भेटेर गरेको छलफल सार्थक हुन नसकेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले लामिछाने त्यसबेला राजा ल्याउने पक्षमा रहेको पनि बताएका छन् ।

उनको स्टाटस यस्तो छः

‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि “राजतन्त्र“ को लाइन लिने कि “गणतन्त्र“ को भनेर रवि दाइ र मबीच छलफल भयो । त्यतिबेला छलफल गर्नका लागी कोहि थिएन, जे जति हुन्थ्यो, हामी दुइबीच नै हुन्थ्यो । राजासँग भेट्न रवि दाइ झापासम्म जानु भयो । राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुइ–चार पटक कुरा पनि भयो । रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो ।

त्यतिबेला मैले रवि दाइलाई भने, “राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैँले बोल्नपर्छ । जसलाई ल्याउन खोजेको हो, उ आफैँले त ’म आउने हो’ भन्न पर्यो नि ।“ राजा बोल्न तयार भएनन् , तर त्यसपछी पनि रवि दाइले “राजतन्त्र“ लाई कुनै न कुनै ढङ्गले समेटौ भनिराख्नु भयो । मैले प्रस्ताव राखे, रवि दाइले त्यहि अनुसार राजासँग पनि कुरा गर्नु भयो । मेरो प्रस्ताव थियो – “राजाको नीजि सम्पत्ति नहुने , जनताले राजालाई पाल्ने , राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तिमा हालका प्रदेश राजधानीमा एक–एक वटा ठुला स्कुल र अस्पताल खोलौँ । यति घोषणा गरि एकैपटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ ।“ राजाबाट सकारात्मक कुरा आएन । राजाबाट सकारात्मक कुरा नआएपछि, गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्यौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ