२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार गरी पक्राउ

२०८१, २७ फाल्गुन मंगलवार १५:०८

काठमाडौँ | अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकलाई गोली प्रहार गरी पक्राउ गरिएको छ ।

स्थानीय समयअनुसार गतसाता मंगलबार राति डुंगा चढेर क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार गरी अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एण्ड मरीन अपरेसन्स् (एएमओ)ले पक्राउ गरेको हो ।

हाल उनीहरु सीबीपीकै नियन्त्रणमा रहेको जनाइएको छ । क्यालिफोर्नियाको समुन्द्री तटबाट दुई नेपालीसहित नौ जना अवैध अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीलाई नियन्त्रणमा लिइएको सीबीपीले वेवसाइडमार्फत जानकारी दिएको छ । सीबीपीले हालसम्म पक्राउ पर्नेको नाम भने खुलाएको छैन ।

‘एएमओको विमानले मंगलबार राति करिब साढे ९ बजे क्यालिफोर्नियाको तटबाट डुंगामा अमेरिकाको सिमातर्फ आउँदै गरेको अवैध आप्रवासीको समूह पत्ता लगाएपछि कोस्टल इन्टरसेप्टर भेसलसँग समन्वय गर्दै एयरक्रुले डुंगाको निगरानी गरिरहेको थियो,’ सीबीपीले भनेको छ, ‘रातिको समयका कारण समुद्रमा उनीहरुलाई नियन्त्रणमा लिन समस्या भएपछि बुधबार बिहान उनीहरुमाथि गोली प्रहार गरी पक्राउ गरिएको हो ।’

पक्राउ पर्नेमा दुई नेपालीसहित दुई मेक्सिकन, चार ब्राजिलियन र एक जना चिनियाँ नागरिक छन् । उनीहरुलाई अमेरिकी कानुन ८ युएससी १३२४ उल्लंघन गरेको आरोपमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने सीबीपीले तयारी गरेको छ ।

अमेरिकी कानुन अनुसार सामान्य उल्लंघनमा जरिवाना वा पाँच वर्षसम्म जेल, आर्थिक लाभका लागि वा आपराधिक विदेशी संलग्न भएमा न्यूनतम ३ देखि अधिकतम १० वर्षसम्म जेल सजाय हुनेछ ।

गतसाता बुधबार नै दक्षिण सीमाबाट अमेरिका हिँड्दै आउने क्रममा एक नेपालीले ज्यान गुमाएका थिए । दाङ जिल्ला घर भएका ३५ बर्षीय पूर्णबहादुर डांगीको घानाको राजधानी आक्रामा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ