३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वर्तमान सरकार आएर जनताहरुमा असन्तुष्ट पैदा भएको भन्ने कुरामा सत्यता छैन्- गगन थापा

२७ फाल्गुन २०८१, मंगलवार १७:१७

काठमाडौँ | नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार आएर जनताहरु असन्तुष्ट र आक्रोसित भएको कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी भएको अहिले रिसाए भन्ने कुरामा पट्टकै चित्त बुझाउन नसकिने बताए ।
उनले भने, ‘जनता असन्तुष्ट छन्, र त्यो जनताहरु आक्रोसित पनि छन् । यो आक्रोसलाई नजरअन्दाज गर्नु हुदैँन् भन्ने कुरा म पनि मान्छु ।

ती जनताहरुको कुरा सुन्नु पर्छ र उनीहरुसँग संवाद गर्नुपर्छ भन्ने कुरा पनि मान्छु । तर उनीहरु किन रिसाएका छन् भन्ने कुरामा अहिले यो सरकार छ त्यही भएर रिसाएका हुन्, यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी थिए, यो सरकार आए त्यही भएर रिसाए भन्ने कुरामा भने पट्टकै चित्त बुझाउन सकिदैँन् ।’

यसको साथै, उनले प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो तर समस्यालाई संकटको रुपमा व्याख्या गर्ने गरि प्रश्न नगर्न आग्रह गरेका छन् ।
उनले भने, ‘प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो, गर्नै पर्छ तर हामीले यसरी व्याख्या गर्छौ कि यो समस्या होईन संकट हो । गयो, गयो डुब्यो सक्यो, भत्कियो, म हुदाँ ठिक थियो, क नहुदाँ सकियो ।’
म भन्दा राम्रो कोही छैन् म र मेरो समुह बाहेक बाँकी रहेको मानिसहरु सब खतम, सब भ्रष्ट र अयोग्य हुन् भन्ने प्रवृत्ति छोड्नु पर्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा