प्राकृतिक सुन्दरताले भरिपूर्ण देश शान्तिका अग्रदूत गौतम बुद्ध, पुष्पलाल, धर्मभत्त, दशरथ जस्ता सहित एवं विर गोरर्खालीहरुको जन्मभूमि, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश, जलस्रोत र वनजंगलले हराबरा प्यारो मेरो देश नेपाल । सम्झदाँ पनि गर्वले छाती फुल्छ तर कमरेड "/>
-विक्रम ढुंगना
प्राकृतिक सुन्दरताले भरिपूर्ण देश शान्तिका अग्रदूत गौतम बुद्ध, पुष्पलाल, धर्मभत्त, दशरथ जस्ता सहित एवं विर गोरर्खालीहरुको जन्मभूमि, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश, जलस्रोत र वनजंगलले हराबरा प्यारो मेरो देश नेपाल । सम्झदाँ पनि गर्वले छाती फुल्छ तर कमरेड ! हामी सम्पूर्ण रुपमा धनि भएर पनि गरिव जिन्दगी बाँचिरहेछौ । इतिहासका ठूलाठूला कुरा गरेर हामी सर्वहारा बर्गको जिवन चलेन । गरिब, बेरोजगारीको अगाडि यी सवै कुरा एकादेशको मात्रै भयो ।
समाज विकासको इतिहासलाई हेर्दा समाजमा व्यक्तिगत सम्पत्तिको प्रचलन शुरु भएपछि मान्छेले मान्छेका विरुद्ध शोषण गर्ने परिपाटीको विकास हुन थाल्यो । मान्छेले आफ्ना सुखसयलका लागि अर्काको शोषण गरेर सम्पत्ति जम्मा गर्न थाल्यो । जसको परिणाम समाजमा दुइ वटा बर्ग देखा पर्न थाले । विस्तारै एकातिर शोषक वर्ग र अर्को तिर शोषित वर्गका रुपमा समाज विभाजित हुन गयो । नेपालमा २०६३ मा एउटा संस्थाले संर्वेक्षण गरे अनुसार ६० पं्रतिशत युवा विदेशमा छन्, १० प्रतिशत आश्रित छन् जो बालबच्चा र बुढापाका उनीहरु काम गर्न सक्दैनन्, १० प्रतिशत सक्रिय राजनीतिमा छन्, १० प्रतिशत युवाहरु जोस र जाँगर विना जिन्गदी चलाइरहेछन् भने बाँकी १० प्रतिशत श्रमजिवी बर्ग छन् । हामीले यहाँ कसैको सिंगापुर हे¥यौं, कसैको मेट्रो रेल चढ्यौ र कसैको पानी जाहजपनि चढ्यौं । यहाँ कुनै एक दल विषेश वा नेताले भन्दैमा विकासको कायपलट हुने होइन । हरेक नेपालीले मनैबाट आत्मासम्मान र श्रमको सम्मान नगरेसम्म देश विकसित र समृद्धि हुन्छ भनेर कल्पना नगरे हुन्छ । जबसम्म हामीमा श्रमप्रतिको सकरात्मक धाराण, श्रमलाई सम्मान गर्ने खुवि आउँदैन तबसम्म विकास शब्द थातिनै रहन्छ । यति रहदाँ पनि न्यून ज्याला, ज्याला विभेद, अनिश्चित रोजागारी, सामाजिक सुरक्षाबाट रहेका जोखिमयुक्त कामलाइ बाध्यात्मक रुपमा गर्नुपर्ने सवाल व्याप्त छ । जसलाई श्रम ऐनले पनि प्रभावकारी रुपमा सम्बोधन गर्न सकेको छैन ।
त्यसमाथि पनि दिनदिनै बढिरहेको आउटसोर्सिङ र करारमा कर्मचारी भर्ना गर्ने प्रक्रियाले औपचारिक क्षेत्रलाई अझै संकुचित गर्दछ । यति हुदाहुदै पनि अर्थतन्त्रमा अत्यन्तै ठूलो योगदान गर्ने श्रमिकहरुको ठूलो हिंस्सा मर्यादित श्रमको दायरा भन्दा मुनि रहेर काम गरिरहेका छन् । यस्तो अबस्था हुनुमा राज्यको प्राप्त र सिमित कानूनी प्रावधान र नीति, श्रमिक संगठनको अनुपस्थिति, कार्यसम्पादनको त्रुटि, राज्यको जिम्मेवारी सम्बन्धी निकायको फितलो अनुगमन प्रणाली आदि जिम्मेवारी छन् । यसरी हेर्दा श्रम क्षेत्रमा भएको परिर्वतन, परिर्वतित कार्यशैली आदीलाई बर्तमान ट्रेड युनियन आन्दोलनले विश्लेषण गर्दै रणनीति तयार गरी कार्यन्यवन गर्न आवश्यक देखिन्छ ।
कुनै पनि संगठन वा संस्थामा कार्यरत कामदार श्रमिक वा कर्मचारी निश्चित उद्देश्यका लागि भेला भइृ सामुहिक आकांक्षा पुरा गर्न संघसंगठनमा संमेलित हुन्छ । श्रमिक संगठनमार्फत कुनै पनि श्रमिकका हक अधिकार रक्षा गर्न विशेष क्रियाकलाप संचालन गर्नु सांगठनिक दाहित्व हो । आर्थिक र बौद्धिक रुपले कमजोर श्रमिक पुँजीपतिसँग अधिकार लिन आपसमा एक हुनु् बाहेक अरु विकल्प हुदैन । श्रमिकहरु एक नहुन्जले शोषणमा परिहन्छन् । नेपाल विश्वमा नै अति गरिव मुलुकका रुपमा चिनिएकोले यहाँ मजदुरको संख्या बढि हुनु स्वभाविकनै हो । मजदुरका हकहितमा काम गर्ने राजनीतिक शक्तिहरुको संख्या बढि हुनु पनि अस्वभाविक होइन । संसदमा दुइ तिहाइको हाराहारिमा कम्युनिष्ट पार्टी रहनुले पनि नेपालमा मजदुर र मजदुर संगठन बढि रहेको पुष्टि हुन्छ । यस अबस्थामा नेपाली श्रमिकको अधिकार अन्य देशको भन्दा बढि हुनुपर्ने, मजदुर र व्यवस्थापक विच खासै विवाद नहुनुपर्ने हो तर नेपाली श्रमिकको अनेकौ समस्याबाट गुज्रनुको साथै आफ्नो हक अधिकारबाट बञ्चित हुने दर्जनौ दृष्टान्त छ । रगत, पसिना बगाएर जिविकोपार्जन गर्ने मजदुर दिनहुँ कतै न कतै ठगिएको घटना भेटिन्छ भने गाली गर्ने र पिट्ने सम्मका घटना हाम्रो सामुन्ने दिनहुँ घटिरहेका छन् । सदीयौं देखि ठूलाठालूको हातमा बाँच्दै आएका मजदुरहरुको चेतना अभाव र आर्थिक संकटले शोषण विरुद्धको आवाज उठान नसकेर शोषित भइ काम गर्न बाध्य छन् ।
एउटा दल सित केन्द्रित मजदुर संगठनले आन्दोलन गरेको हुन्छ भने अन्य दल केन्द्रित मजदुर आन्दोलनको विरोध गरेका हुन्छन् यद्यपी सैद्धान्तिक रुपले हरेक मजदुर एक हुन भन्ने मान्यता छ । २००३ सालदेखिनै नेपाली मजदुरको हक हितको निम्ति सांगठनिक रुपमा प्रयास भएता पनि मजदुरको हकहितको सुरक्षा हुन नसक्नु धेरै दुखको विषय हो यसर्थ सवै श्रमिकहरु हकहितका निम्ति एक हुने प्रतिबद्धता जाहेर गर्नुका साथै त्यो प्रतिबद्धता कार्यन्वयन तहमा पु¥याउन सक्नुपर्छ । मजदुर संगठनहरुले यसतर्फ विचार पु¥याउनै पर्छ । यसका लागि कम्युनिष्ट पाटीहरुले विशेष पहल गर्नु अनिवार्य छ ।
हामी यो विचमा कति व्यवस्थाहरुको सामना ग¥र्यो, कति व्यवस्थाहरु अस्वीकार ग¥यौं? यी परिर्वतनले हामीहरुलाई के दिए, हाम्रा स्वाभिमानी र राष्ट्रबादी नाराहरुले हामीलाई कहाँ पु¥याए ? हामी कहाँ पुग्दैछौं ? हाम्रो गन्त्व्य कहाँ हो?, कस्तो हो ? के हो ?, आज हरेक मजदुरले प्रश्न तेर्साइरहेका छन् । कमरेड ! खै कहाँ भयो त श्रमको सम्मान !? कसले दिने जवाफ !?