१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी भिसा नपाउने सूचीमा भुटान: नेपालको शरणार्थी काण्ड दोषी भएको भुटानी मिडियामा चर्चा

३ चैत्र २०८१, आईतवार १६:४२

काठमाडौँ | अमेरिकामा भ्रमण गर्न नपाउने प्रस्ताव गरिएका ११ देशमा उत्तर कोरियासँगै दक्षिण एसियाली देश भुटान पनि अटेको छ ।

अमेरिकी अखबार न्यू योर्क टाइम्समा आएको समाचार अनुसार अमेरिका घुम्न जान नपाउने ११ देशको सूचीमा भुटान, उत्तर कोरियासहित अफगानिस्तान, क्युवा, भेनेजुएला, इरान, लिबिया, सिरिया, सोमालिया, सुडान र यमन छन् ।

यस्तै, भिजा प्रतिबन्द हुने देशहरुमा पाकिस्तान दक्षिण कोरियाबाट अटाएको छ । रातो सूचीमा परेको भुटान पाकिस्तानभन्दा समस्याग्रस्तको सूचीमा परेको छ । तर, नेपाल दुवै सूचीमा परेको छैन । तर, भुटानी मिडियाले भुटानी रातो सूचीको कारण नेपाल भएको तर्क गरेका छन् ।

भुटानी अखबार दि भुटनिजका अनुसार नेपालमा सन २०२३ मा नक्कली भुटानि शरणार्थीको रुपमा अमेरिका पठाउन खोजिएकोले त्यस्तो भएको हुनसक्ने उल्लेख गरिएको छ । उक्त प्रकरणमा धेरै नेपाली नागरिकहरूले आफूलाई ‘भुटानी शरणार्थी’ भनेर प्रस्तुत गर्दै अमेरिका छिरेका थिए। यस प्रकरणमा उच्च पदस्थ नेपाली नेताहरू, कर्मचारीहरू, र शरणार्थी शिविरका वरिष्ठ व्यक्तिहरू संलग्न रहेका थिए।

त्यसैगरी, भुटानलाई ड्राफ्ट ‘रेड लिस्ट’ मा राखिनुको पछाडि मुख्य कारणहरू भने आप्रवासन घोटाला, अवैध बसोबास, र विगतमा भएको भिसा दुरुपयोग जस्ता घटनाहरू हुन्।  गत वर्ष केही भुटानी नागरिकहरू क्यानडामा प्रवेश गरेको र पाँच जनालाई पक्राउ गरिएको खबर पनि बाहिर आएको थियो।

अमेरिकी गृह सुरक्षा विभागको तथ्यांक अनुसार २०१३ देखि २०२२ सम्म २०० जना भुटानी नागरिकहरूलाई अवैध बसोबासको आरोपमा पक्राउ गरिएको छ।

वर्ष अनुसारको विवरण:

२०१३: ७ जना
२०१४: १२ जना
२०१५ : २४ जना
२०१६ : २२ जना
२०१७ : ३० जना
२०१८ : २६ जना
२०१९ : ३३ जना
२०२० : १४ जना
२०२१ : १५ जना
२०२२ : १७ जना

त्यसै अवधिमा ६१ भुटानी नागरिकलाई ‘अस्वीकार्य गैर-नागरिक’ को श्रेणीमा राखेर अमेरिकामा प्रवेश अस्वीकृत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली