२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू

२०८१, ३ चैत्र आईतवार १८:०३

काठमाडौँ | पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपाका नेता निराजन बमलाई छुटाउन माओवादी केन्द्रका नेताहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेका छन् ।

कसैले आलोचना गर्दैमा पक्राउ गर्नु ठिक नभएको निष्कर्षका साथ माओवादीका नेताहरू उनलाई रिहा गरिदिन आग्रहसहित प्रहरी कार्यालय पुगेका हुन् ।

माओवादीका मकवानपुर जिल्लाका इन्चार्ज विजय गौतमसहित नेताहरू बमलाई छोडिदिन आग्रहसहित जिल्ला प्रहरी कार्यालय पुगेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले रातोपाटीलाई बताए । यस्तै प्रचण्डले सामाजिक सञ्जाल फेसबुकबाट  लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै सोही आधारमा पक्राउ गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए ।

तर, पनि बम यो समाचार तयार पार्दासम्म रिहा भएका छैनन् ।

शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा बमले गणतन्त्रको विरोध गर्दै प्रचण्डको फोटो जलाएका थिए । फोटो जलाएको आरोपमा प्रहरीले उनलाई आइतबार मकवानपुरबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल