सम्राट सिंह/बझाङ १६, साउन । असार १४ गते भएको दोसा्रे चरणको निर्वाचनमा विजय भएका यहाँका अधिकाँस वडाका वडा अध्यक्षहरुको पदवहाली हुन सकेको छैन ।
र्निवाचित भएको एक महिना वितिसक्दा पनि पदवहालीको लागी स्थानिय कर्मचारीहरुले औपचारीक कार्यक्रम नगरि दिएपछि उनिहरु अन्योलमा परेका छन् । गाँउ पालीका र नगरपालीकाका प्रमुख उपप्रमुख सहित केहि वडाका वडा अध्यक्षहरुको पदवहाली भई सकेको भएपनि जिल्लाका धेरै जसो वडा अध्यक्षहरुको पदवहाली हुन सकेको छैन ।
निर्वाचित भएको अव एक महिना हुन थाल्यो जयपृथ्वी नगरपालीका ६ नम्वर वडाका वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहले भने कार्यालयको काम गर्न नपाए पछि वडा अध्यक्ष जितेको कुनै अनुभुती भएको छैन ।
गाँउमा वडा कार्यालय पनि स्थापना भएको छैन वडा सचिवको जिम्मा प्राविधिक सहायक लाई दिएको छ रे कहाँ बस्ने हो कस्ले कुर्चीमा बस भन्ने हो अन्धाधुन्ध परेको उनको भनाइ छ ।
जयपृथ्वी नगरपालिका भित्र ११ वडा भएको जयपृथ्वी नगरपालीकामा २ वडा अध्यक्षहरुको मात्र हाल सम्म पदबहाली भएको छ भने अन्य वडा अध्यक्षको पदवहाली भएको छैन ।