Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर

२०८१, १२ चैत्र मंगलवार १३:३०

झापा | झापाको कनकाई नगरपालिका–५, नारायणदल चौकमा एक जना महिना मृत अवस्थामा फेला परेकी छन् । उनका श्रीमान् पनि गम्भीर घाइते अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, ताप्लेजुङको सिलाम स्थायी घर भइ कनकाई नगरपालिका–५ बस्दै आएकी ४० वर्षीय मनिषा मग्रान्ती मृत अवस्थामा भेटिएकी हुन् । त्यहाँ खुकुरी प्रहार भएको भन्ने खबर आएपछि इलाका प्रहरी कार्यालय, सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) राधाकृष्ण दाहाल नेतृत्वको टोली पुगेको थियो ।

त्यसक्रममा उनका श्रीमान् अन्दाजी ३९ वर्षीय लालबहादुर सार्की पनि घाँटीमा चोट लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तत्काल घटनास्थललाई सुरक्षित गरेर थप जाँचका लागि उनलाई अस्पताल पठाइएको थियो ।

प्रहरीका अनुसार, मग्रान्ती सलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् भने पछि पासो खोलेको जस्तो देखिएको भनिएको छ । प्रहरीले ‘धारिलो हतियार प्रहार भएको नदेखिएको’ भनेको छ भने श्रीमान्‌को घाँटीमा धारिलो हतियार रेटिएको फेला परेको भनिएको छ ।

घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली