२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

किन गर्यो एमाले दार्चुलाले जिल्ला कमिटी विघटन ?

१८ श्रावण २०७४, बुधबार ०३:४७

लोकेन्द्र प्रशाद जोशी/साउन १८, दार्चुला । स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको नेकपा एमाले दार्चुलाको विस्तारित बैठकले जिल्ला कमिटी नै विघटन गरेको छ । 

आइतबार सुरु भएको एमाले विस्तारित बैठकले जिल्ला कमिटी विघटन गरेपछि जिल्ला अध्यक्ष रामदत्त जोशीको संयोजकत्वमा ५४ सदस्य रहेको जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।

बैठकले पार्टीको आठौ जिल्ला अबिधेशन आगामी भदौ २८, २९ र ३० गते आयोजना गर्ने निर्णय गरेको छ ।

दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फ जित हासिल गरेको एमालेले जिल्लाका तीन स्थानीय तहमा मात्र जितेको र दुई नगरपालिका सहित ६ स्थानिय तहमा हार व्यहोरेकाले जिल्ला नेतृत्वको आलोचना हुँदै आएको थियो । 

वर्तमान जिल्ला कमिटीको म्याद नै समाप्त भएकोले जिल्ला कमिटी विघटन गरेर जिल्ला अधिवेशनको तयारी गर्न यस्तो निर्णय गरिएको प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

जिल्लामा व्यहोरेको हारपछि एमाले समर्थित युवाहरुले सामाजिक सञ्जालमार्फत पनि पार्टी नेतृत्वको विरोध गर्दै पार्टीलाई सुदृढ ढंगले सञ्चालन गर्नुपर्ने माग राख्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य