लोकेन्द्र प्रशाद जोशी/नरेन्द्र कार्की/साउन १९, दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइने सुर्मा भवानीको जात्रा शुरु भएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/नरेन्द्र कार्की/साउन १९, दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइने सुर्मा भवानीको जात्रा शुरु भएको छ । 

<"/>
2026-09-19 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको सबैभन्दा ठुलो सूर्मा भवानीको सुर्मासरोवर जात्रा शुरु


लोकेन्द्र प्रशाद जोशी/नरेन्द्र कार्की/साउन १९, दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइने सुर्मा भवानीको जात्रा शुरु भएको छ । 

स्थानीय भाषामा क्षत्ति जात्रा भनेर चिनिने जात्रा बुधबार रतेडीबाट ७ दिनसम्म मनाइन्छ । औँसीदेखि १७ दिन र रतेडिदेखि सातदिन सम्म मनाइने जात्रा जिल्लाको सबै भन्दा ठूलो जात्रा हो ।

यो जात्रा हालको अपि हिमाल गाउँपालिका वडा नम्बर ३ घाजिर क्षत्ति हुँदै बझाङ जिल्लाको सुर्मासरोवर सम्म गएर मनाइने गरिएको छ । सुर्मासरोवर बझाङ जिल्ला र दार्चुला जिल्लाको सिमानामा पर्दछ ।

हिमश्रृंखलाहरूको विचमा अवस्थित यो सरोवर धार्मिक, पर्यटकीय तथा सांस्कृतिक दृष्टिमा अत्यन्त महत्वपूर्ण छ । सुर्मा जात्राको सुरुवात कहिलेदेखि सुरु भयो भन्ने एकिन प्रमाण नभएपनि सुर्माभवानीको चैतमा उल्लेख भए अनुसार एघारौ सताब्दी अघिबाट यो जात्रा मनाउन थालिएको देखिन्छ ।

जात्रामा अपि हिमाल गाउँपालिकाको खण्डेश्वरीबाट जाने तीर्थालुहरूले यस सुर्मा सरोवरमा पहिले पूजा आजा गरेर फर्किएपछि बझाङ तिरबाट आउने सिकारीको भेषधारी तीर्थालुहरूले पूजा गर्नेु पने किम्बदन्ती छ । सुर्मासरोवर ६५२३ मीटर उचाईमा रहेको छ ।

क्षेत्तीगर्खा पुख्र्यौली हुने समुदाय र घाजिर गर्खा पुख्र्यौली हुने समुदायहरूको तीर्थालुहरूले आँैसी देखिनै एक छाक मात्र खाएर सुर्माभवानीको व्रत बस्नु पर्दछ । यो ब्रत अन्य समुदायको जो सुर्मासरोवर तीर्थ जान चाहन्छन्, तिनीहरूले पनि वस्न सक्छन् । ती ब्रत बसेका सुर्माभवानीको भक्तहरूलाई वीरे भनिन्छ ।

सुर्मा सरोवर जाने बिरेहरू पनि दुई प्रकारका हुन्छन् । पहिलो चोटी ब्रत बसेर तीर्थ जाने भक्तजनहरूलाई वालोवीरे एकपटक गइसकेकाहरूलाई बुढोवीरे भन्ने गरिन्छ । साथै यस जात्रामा सहभागी यात्रुहरूलाई ४ भागमा विभाजन गर्न सकिन्छ । यस जात्रामा सहभागि हुने भक्तजनहरुलाई उवादेशी, उनादेशी, जत्तोर र वाइदेशी वा तिर्थालु भनेर भन्ने गरिएको छ  ।

जात्रामा सहभागी क्षेत्तीगर्खा पुख्र्यौली घर भएका, ठेकरे, बोहरा धामी, वैरे समुदायका भक्तहरूलाई उवादेशी, घाजीरगर्खाका यात्रुहरूलाई उनादेशी, रोकाया, कार्की तथा खण्डेश्वरी भित्रका यात्रुहरूलाई वाईदेशी भनिन्छ ।

जात्रा अवधिभर लसुन, प्याज, मसुर तथा मासु, रक्सी, जस्ता भोजन खान भने पाइदैन । सम्पूर्ण यात्रुहरूको खाने बस्ने व्यवस्था क्षेत्ती र घाजिरका स्थानीय वासिन्दाहरूले गर्ने गरेका छन् । यहाँ क्षेत्ती र घाजिर भन्ने गाउँ सुर्माभवानीको जात्राको प्रमुख तीर्थस्थल हो । हरेक वर्ष जात्रा लागेपनि सानो जात्रा र ठूलो जात्राको रुपमा मनाइने गरिएको छ ।

पर्यटकीय धार्मिक एवं सांस्कृतिक रुपका विविधताहरु जात्रामा देख्न सकिन्छ । जात्रा अवधिभर क्षेत्तिले संस्कृतिको पहिरन, नृत्य, देउडा, बाजागाजा यो जात्रामा देख्न पाइन्छ ।

 यस्तै धार्मिक रुपमा मार्कण्डेय गुफा, धर्मिगुफा, सुर्मा मन्दिर, ताल घोप्टे, नाग ढुंगा, हिउँ नजम्ने ढुंगा, जस्ता हेर्न लायकका ठाउहरु रहेको क्षेत्ति क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष डम्मरसिह बोहराले बताउनुभयो ।

जात्राको पहिलो दिन उवादेशी यात्रीहरू क्षेत्तीमा जम्मा हुन्छन् भने उनादेशी, जत्तोर र बाइदेशीहरू घाजिरमा पुग्ने गर्छन । राती सुर्माभवानीको मन्दिरमा जम्मा भएर सबै देवीदेवताहरूको पूजाआजा गरि धामीहरू काम्ने र रमाइलो गर्ने स्थानीय भाषामा देउधमेउलो गर्ने गरिन्छ । देउधमेउलो सकिएपछि देवी सुर्माभवानीको चैत गाउने चलन छ । त्यसपछि भाडिखेल लगाउने गरिन्छ ।

साथै विभिन्न भाडिखेल ढुस्को, जगरम गाउने खेल्ने गरिन्छ र विहान भोल्लाउलो गाउने गरिन्छ र वेन्नेली (बिहान) को देउधमेउलो गरि पहिलो दिनको जात्रा मनाइन्छ ।

 वालोवीरे र बुढोवीरे सबैले सुर्मासरोवर जाँदा वीरेलौरो बोक्नुपर्दछ । यो लौरो बुढोवीरे र वालोवीरेको भिन्न भिन्न हुन्छ । उवादेशी तथा उनादेशीले ६ फिट लामो निङ्गालाको लौरा बोक्नु पर्छ र वाइदेशी ४.५ फिटको लौरो बोक्नु पर्दछ । जात्रालाई व्यवस्थित ढङ्गले संचालन गर्न एक जना मुला अथवा जात्राको मूली हुन्छ । 

त्यसको लौरो ७.५ फिटको हुन्छ । यो लौरालाई लाकुरी लौरो अथवा वीरेलौरो भनिन्छ । यसवर्ष जात्राको लाखौ सयौ भक्तजनहरुको भीड लागेको छ ।

स्थानीय जात्रा भएको कारण अपि हिमाल गाउँपालिका वडा नम्बर २ र ३ का विद्यालयहरु समेत बन्द भएका छन् । एकसाता सम्म विद्यार्थी शिक्षक अभिभावक जात्रामा रमाउने भएका कारण विद्यालय बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई