2026-09-19 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँ महानगरपालिकाले थाल्यो घुम्ती खाद्य प्रयोगशाला, खाद्य गुणस्तर जाँचिने

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ ।

आज कामपाको उपप्रमुख एवम् अनुगमन संयोजक सुनिता डङ्गोलले थापाथलीस्थित प्रसुतिगृह र नर्भिक अस्पतालका क्यान्टिनका खाद्य वस्तुका नमूना सङ्कलन तथा परीक्षण कार्यको शुभारम्भ गर्नुभएको हो । त्यस क्रममा संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरूको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाहरूको स्थलगत परीक्षण विश्लेषण गरेको थियो ।

घुम्ती प्रयोगशालाबाट हुने कामका विषयमा जानकारी लिँदै उपप्रमुख डङ्गोलले, खाद्य स्वच्छताबाट उपभोक्ता अधिकार सुरक्षित गराउन घुम्ती प्रयोगशालाबाट तथ्यमा आधारित विवरण प्राप्त हुने बताउनुभयो । यसबाट प्राप्त हुने नतिजाका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, “स्वच्छ खाद्य व्यवसायका लागि वैज्ञानिक कार्यक्रम तर्जुमा गर्न घुम्ती प्रयोगशालाबाट महत्त्वपूर्ण आधार निर्माण हुनेछ ।”

कामपाको सहकार्यबाट गुणात्मक नतिजा प्राप्त हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालको अपेक्षा गर्नुभयो । आज परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको चमेना गृह (सुनिल क्यान्टिन), स्टाफ क्यान्टिन (मनकामना माई क्यान्टिन), अस्पतालको निःशुल्क खाजा, सुप तथा अन्य विरामीको लागि तयार गर्ने भान्छा र नर्भिक अस्पतालको क्याफे केयर प्रालिको अनुगमन निरीक्षण गरिएको हो ।

अनुगमनका क्रममा सुनिल क्यान्टिन र मनकामना क्यान्टिनबाट दूध, पानी र खाने तेलको स्थलगत नमूना सङ्कलन र परीक्षण गरियो । घुम्ती प्रयोगशालाको परीक्षणबाट यी खाद्यवस्तुको गुणस्तर मापदण्डअनुसारको पाइएको छ । यस्तै क्यान्टिनबाट लिइएको मःम सँग खाने अचारको नमूना लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ ।

नर्भिक अस्पतालको क्याफे केयरबाट नमूना लिइएको क्रिम डुनटको नमूना पनि रिफरेन्स प्रयोगशालामा पठाइएको छ । कामपाका फुड टेक्नोलोजिष्ट भारती अधिकारीका अनुसार स्त्री रोग अस्पतालको चमेना गृहमा मासु तथा मासुजन्य पदार्थ र तरकारी साग सब्जीसँगै राखिएको पाइएको थियो । ग्याँस चुलो, रेफ्रिजरेटर फोहर अवस्थामा भेटिएको र व्यक्तिगत सरसफाइमा कमजोर देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार लेबल नभएको खाद्य सामाग्रीको प्रयोग भेटिएको र सिन्थेटिक रङ्गको अनुचित प्रयोग भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई