२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दीलिप रायमाझी नेपाल आउने

२२ चैत्र २०८१, शुक्रबार २१:१२


काठमाडौं – अभिनेता दीलिप रायमाझी चलचित्र ‘हेल्लो काँशीराम’को प्रमोशनका लागि नेपाल आउने भएका छन् । उनी २ हप्ताभित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेडलाइन फिल्मस् प्रा.लीले जानकारी दिएको छ ।

पारिवारिक कामका लागि दीलिप केहि समय अघि अमेरिका प्रस्थान गरेका थिए । उनी अमेरिका गएको १ महिनामै नेपाल फर्किन लागेका हुन् । दिलिप नेपाल फर्किनासाथ केहि मिडियामा अन्र्तवार्ता, भेटघाट र दर्शक भेटघाटमा व्यस्त हुने निर्माण कम्पनिले जनाएको छ । ‘हेल्लो काँशीराम आगामी जेठ २ गतेबाट देशभरका हलमा एकसाथ सार्वजनिक हुँदैछ ।

‘हेल्लो काँशीराम’ केहि दिन अघि मात्रै सेन्सर पास भएको थियो । यस चलचित्रलाई केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट दिइएको छ । अब हरेक वर्गका दर्शकले ‘हेल्लो काँशीराम’ सजिलै हेर्न पाउनेछन् । त्यस्तै केहि समय अघि चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । उक्त पोस्टरमा दीलिप रायमाझीले बोको बोकेर भागिरहेको दृश्यले दर्शकको ध्यान तानेको छ । निर्माता, निर्देश्क तथा अन्य कलाकारहरु भने प्रमोशनमा जुटिरहेका छन् ।

रेडलाइन फिल्मस् प्रा.ली को ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । रिम निकै पुराना निर्देशक हुन् । यस फिल्मलाई पी.बी. थापाले लगानी गरेका हुन् । यम आलेले खिचेको फिल्मको लगानी डेढ करोड पुगेको बुझिएको छ । फिल्मलाई मित्र डी. गुरुङले सम्पादन तथा रंग संयोजन गरेका छन् ।

फिल्ममा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिने छन् । त्यस्तै, हालका चर्चित हाँस्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरु पनि फिल्ममा देख्न पाइनेछ । यस फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भुमिका रहेको निर्माण टिमले जनाएको छ । प्रियंका नेपाली फिल्म उद्योगको सफल अभिनेत्री भएकाले उनको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने विश्वकर्माको भनाई छ ।

चलचित्रको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीत संयोजन नरेन्द्र बियोगी र विपिन आचार्यले गरेका छन् ।

चलचित्रका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक–गायिकाहरूको सहभागिताले फिल्मको संगीत पक्षलाई थप आकर्षक बनेको निर्माण पक्षको भनाई छ । निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर, सम्झिराख है, रेलिमाई’ लगायतका फिल्महरू निर्देशन गरिसकेका छन्, उनका फिल्महरूले नेपाली मौलिक कथावस्तु, समाजका वास्तविकता प्रस्तुत गर्ने गरेका छन् । फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेर प्रचार थालेको फिल्मको टिजर र गीत छिट्टै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली