कमल रावल/साउन १९, अछाम । जिल्ला समन्वय समिति अछामका नवनिर्वाचित प्रमुख, उप–प्रमुख र सदस्यले आज पद तथा गोपनियताको सपथ लिएका छन् । 

जिल्ला समन्वय स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/साउन १९, अछाम । जिल्ला समन्वय समिति अछामका नवनिर्वाचित प्रमुख, उप–प्रमुख र सदस्यले आज पद तथा गोपनियताको सपथ लिएका छन् । 

जिल्ला समन्वय स"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिसस अछामका पदाधिकारीले पद तथा गोपनियताको सपथ लिए

१९ श्रावण २०७४, बिहीबार १६:२४


कमल रावल/साउन १९, अछाम । जिल्ला समन्वय समिति अछामका नवनिर्वाचित प्रमुख, उप–प्रमुख र सदस्यले आज पद तथा गोपनियताको सपथ लिएका छन् । 

जिल्ला समन्वय समिति अछामका नवनिर्वाचित प्रमुख नरबहादुर कुँवर, उप–प्रमुख टोपबहादुर रावल र सदस्यले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय अछाममा आयोजित बिशेष समाराहमा पद तथा गोपनियताको सपथ लिएका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय अछामको आयोजनामा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला अदालत अछाममा सपथ ग्रहण कार्यक्रम भएको हो । अछामका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश हरिप्रसाद शर्मा उपाध्याय पंगेनीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी अछामका प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट रहनु भएको थियो । 

सपथ ग्रहण गर्दै जिल्ला समन्वय समिति अछामका ननिर्वाचित प्रमुख कुँवरले जिल्लाको समग्र बिकासमा आफुले सके जति योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्लाका १० ओटै स्थानीय तहमा समानुपातिक रुपमा समन्वय गर्ने उहाँको प्रतिबद्धता छ । 

कार्यक्रममा नेपाली कांग्रेस अछामका पार्टी सभापती भरत कुमार स्वार, नेपाली कांग्रेस जिल्ला पाटी सचिव नम बहादुर शाही, नेकपा एमालेका प्रदेश संगठन कमिटी सदस्य तथा पूर्व जिविस सभापती कृष्णप्रसाद जैशी, माओबादीका केन्द्रिय महाधिबेशन आयोजक कमिटी सदस्य बमबहादुर रावत, राप्राका बरिष्ट नेता तथा पूर्व जिविस उपसभापती तेज बहादुर बिष्ट लगायतले बधाई तथा शुभकामाना मन्तव्य राखेका थिए । 

कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा, उप–प्रमुख सरिता उपाध्याय, साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर, उप–प्रमुख बिर्मला बुडथापा, कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश बिष्ट, उप–प्रमुख भुमिसरा बजगाई लगायत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको समेत उपस्थिती रहेको थियो । 

यसैबिच जिल्ला समन्वय समिती अछामका नव निर्वाचित पदाधिकारीलाई  बधाई  तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिती अछामका संयोजक नर बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला न्यायधिस हरी प्रसाद शर्मा उपाध्याय पंगेनी रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथीले नव निर्वाचित पदाधिकारी हरुलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी संकर बहादुर बिष्ट, स्थानिय बिकाश अधिकारी तोयनारायण सुबेदी, नेपाली कांग्रेसका जिल्ला पाटी सभापति भरत कुमार स्वार, एमाले प्रदेश कमिटी सदस्य तथा पुर्ब जिबीस सभापती कृष्ण प्रसाद जैसि, नेकपा माओबादी केन्द्रका केन्द्रिय आयोजक कमिटी सदस्य बम रावत, राप्रपा नेपालका तेज बहादुर बिष्ट, अछामका दश वटै स्थानिय तहका प्रमुख तथा उप प्रमुखहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितीका सामाजिक बिकास अधिकृत खड्क बिष्टले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो