2026-09-19 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपडेट: डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु (नामावलीसहित)


साउन २१, डोटी । डोटीको बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा यात्रुबहाक जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थमै ज्यान गएको छ ।

दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको जीप घटनामा ७ जना घाईते भएका छन । घाईते ७ जना मध्ये ४ जनाको अबस्था गम्भीर छ ।

गयराति साढे १० बजे साविकको गगुडा गाविसको वडा नम्बर ८  कटैगाउँको धार नजिकै जीप दुर्घटना भएको हो । 

घटनामा परी मृत्यु हुनेहरुमा गाउँपालिका वडा नम्बर १ सिमचौरका ३५ बर्षिय बिष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तीमगर, ५० वर्षीय बुढो घर्ती मगर, ४५ वर्षीय गोरख थापा, ४८ वर्षीय शसिराम बहादुर पुनमगर, ४५ वर्षीय ललिता देवी पुन, ४० वर्षिय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तिमगर र शिखर नगरपालिका १ कपल्लेकीका २८ वर्षीय चालक बिष्णुबहादुर नेगीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिवबहादु सिंहले जानकारी दिएका छन् ।

दुर्घटननामा पर्ने यात्रु सबै बोगटान गाउँपालिका वडा नम्बर १ सिमचौरका रहेका छन ।  हिजो राती शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप दुर्घटनामा परेको हो । जीप कच्ची सडकबाट झण्डै साढे चार सय मिटर तल खसेको छ । निरन्तर पानी परेको र कच्ची सडक भएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

घाईतेको उपचारका लागी जिल्ला सदरमुकामको सुजङ अस्पताल ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी सिंहले जानकारी दिनु भएको छ । जीपमा १६ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई