टेक शाही | साउन २१, डोल्पा | माथिल्लो डोल्पाका बिभिन्न ठाँउमा रहेका दर्जनौ पक्की र काठे पूल बाढिले बगाएको छ । बितेको १२ बर्ष यताकै उच्च बर्ष भए पछि माथिल्लो डोल्पामा रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | साउन २१, डोल्पा | माथिल्लो डोल्पाका बिभिन्न ठाँउमा रहेका दर्जनौ पक्की र काठे पूल बाढिले बगाएको छ । बितेको १२ बर्ष यताकै उच्च बर्ष भए पछि माथिल्लो डोल्पामा रहेक"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढिले माथिल्लो डोल्पाका दर्जनौ पुल बगायो तिब्वतको ब्यापार समेत प्राभाबित

२१ श्रावण २०७४, शनिबार १३:२०


टेक शाही | साउन २१, डोल्पा | माथिल्लो डोल्पाका बिभिन्न ठाँउमा रहेका दर्जनौ पक्की र काठे पूल बाढिले बगाएको छ । बितेको १२ बर्ष यताकै उच्च बर्ष भए पछि माथिल्लो डोल्पामा रहेका पक्की र काठे पूल बगाएको शे–फोक्सुण्डो गाँउपालिकाका प्रमूख टासिटुण्डुप गूरुङ्गले बताए । 

बाढिले कच्ची र पक्की पूल बगाए पछि माथिल्लो डोल्पाका ३ वटै गाँउपालिकाका ५ हजार भन्दा धेरै स्थानिय प्रभाबित भएका छन । पानिका खोलाहरु सबै अत्याधिक बढे पछि शे–फोक्सुण्डो,छार्का ताङस्योङ्ग र डोल्पो बुद्ध गाँउपालिकाका प्रभाबित भएका हुन । 

तल्लो डोल्पा र माथिल्लो डोल्पाका एक गाँउ देखि अर्को गाँउ सम्म जानको लागि कुनै पनि माध्यायम रहेका छैनन खोला तर्न सकिदैन शे–फोक्सुण्डो गाँउपालिकाका उपप्रमूख धावा सम्डुक गूरुङ्गले दुखेसो पोखे । 


मुकोटको कागकोट गाँउमा नजिकै रहेको जोलुङ्गे पूल बाढिले बगाएको छ । खोलाले दिशा परिवर्तन गरे पछि पुल बगेको स्थानियले बताए । दुर्गम क्षेत्र बिकासले निमार्ण गरेको झोलुङ्गे पूल बगाएर भेरिमा लतोर पछि पूरै जनजिवन प्रभाबित भएको छार्का ताङस्योङ्ग गाँउपालिकाका प्रमूख सेनाङ्ग गूरुङ्गले जानकारि दिए । 

बाढिले माथिल्लो डोल्पाका सिडाक,तोरा सम्झोक लगायत एक दर्जन भन्दा धेरै ठाँउका कच्ची र पक्की पूलहरु बगाएको शे–फोक्सुण्डोका आङ्ग बहादुर लामाले जानकारि दिए । माथिल्लो डोल्पामा सञ्चार पनि छैन पुल बगाए पछि अन्य बिकल्पका बाटा पनि छैनन पिडामा माथिल्लो डोलका जनता बसेका छन लामाले गुनासो गरे ।

पूलहरु बाढिले बगाएको जानकारि सञ्चार समास्याका कारण सबै आइ नँसकेको र आफुले पाएको जानकारि अनुसार प्राबिधिक र आर्थिक कुराको तत्तकाल बैठक बसि मर्मत र पुन निर्माणका लागि पहल गर्ने प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताए । उनेले भने जनताको दैनिकि जोडिएको छ हामी जति सक्दो लागि पर्ने छौ । 


बाढिले पुल बगाए पछि तिब्बतमा हुने ब्यापार समेत प्रभाति भएको छ । माथिल्लो डोल्पाका जनताको लागि नुन र खाद्यान्न नेपाल सरकारले तिब्बतबाट यसै बेलामा बितरण गर्ने भएकोले यो समयमा माथिल्लो डोल्पाका सबै जनता तिब्त जाने गर्दछन । बर्षमा एक पटक सरकारले माथिल्लो डोल्पाका जनताका लागि नेपाल तिब्त सिमामा बितरण गर्ने जिल्ला प्रशाुन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

खाद्यन्न ल्याउनको लागि धो र तिन्जे हुदै माव छेडरा नाका र फोक्सुण्डो साल्दाङ्ग हुदै क्याटो नाका ३ खेदि ४ दिन सम्म खुुल्ने गरेको डोल्पो बुद्धका प्रमूख तेम्बा गूरुङ्गले जानकारि दिए । तेम्बाले भने पुल बगायो तिब्बतले यहि २६ गते नाका खुल्ला गर्छ अब कसरि जाने कुनै माध्याम छैन माथिल्लो डोल्पाको पिडा कस्ले बुझने उनले दखेसो पोखे । 


दुबै वटा नाका खुल्ला भए पछि माथिल्लो डोल्पाका जनताले नुन र चामल मात्र होइन दैनिक उपग्य सामान पनि खरिद गर्ने गरेको आङ्ग बहादुर लामाले बताए । लामाले भने अबको ४ दिनमा पुलको मर्मत नगरे माथिल्लो डोल्पाका जनताले नुन चामल र अन्य दैनिक उपभोग्य सामान आयात गर्न नपाउने र ठुलो समस्यामा माथिल्लो डोल्पाका जनता पर्ने बताए । 

माथिल्लो डोल्पामा सञ्चार सेवा नभए पछि त्यस क्षेत्रका जनता हरेक सेवाबाट बञ्चित हुने गरेका छन । हाल सम्म कुनै पनि सञ्चारका सेवा प्रबाह नेपाल टेलिकमले गर्न सकेको छैन एक कल फोनको लागि घण्टौ हिडेर आउने गर्दछन माथिल्लो डोल्पाका जनताहरु सञ्चार बिहिन छ माथिल्लो डोल्पा । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो