Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुन: मतदान पछी रेणुले भरतपुर १९ बाट बढी मत पाउनुको कारण यस्तो…

२०७४, २१ श्रावण शनिबार १७:०२

अनिल अधिकारी | भरतपुर महानगरको बैशाख ३१ गते भएको निर्वाचन पछी मत गणना गर्ने क्रममा मत पत्र च्यातियो । मतपत्र जसले च्यातेपनि त्यो गलत अभ्यास हो भन्नेमा कसैको दुई मत छैन ।

मतपत्र च्यातिएकै कारण स्थगित भएको मतगणना र भरतपुर १९ मा पुन: मतदान कि च्यातिएकालाई प्रमाणित गरेर पुन: गणना भन्नेमा केहि दिन बहश पनि चले । त्यतिकैमा निर्वाचन आयोगले पुन: मतदानको निष्कर्ष निकाल्यो तर एमालेले त्यसको बिरोध गर्दै मुद्दा दायर गरेपछि लामो समय पछी भरतपुर १९ मा पुन: मतदान गर्न सर्वोच्चको आदेश आयो । जस अनुरुप शुक्रबार मतदान भयो र सो मतदानपछी माओवादी केन्द्रकि रेणु दाहाल बिजयी बन्न सफल भइन्  ।

मुख्यत: रेणुले कसरी जित निकालिन् भन्ने बिषयमा तल केहि चर्चा गरौँ । 

पुन: मतदान पछी पहिले इगो साध्न एमालेलाई मत हालेका भरतपुर १९ का कतिपय कांग्रेसहरुले पुन:मतदानमा भने माओवादीकि रेणु दाहाललाई मत दिएको स्पष्ट छ । पहिलो चरणको मतदानका क्रममा एमाले कुन स्थितिमा आउँछ भन्नेमा कसैलाई थाहा समेत थिएन तर एकाएक पहिलो शक्ति बनेपछी त्यसको पहिलो कारण कांग्रेस भित्रकै कमजोरीको रुपमा हेरिएको छ । माओवादी र कांग्रेसको गठबन्धनलाई चित्त नबुझाएका भरतपुरका कांग्रेसहरु मध्ये केहि कांग्रेसहरु त्यतिखेर जसरी पनि रेणुलाई हराउने पक्षमा थिए त्यसैले बैशाख ३१ को मतदानमा भरतपुर महानगरबाट कांग्रेसको राम्रै मत एमालेलाई गएको थियो तर शुक्रवार भरतपुर १९ मा पुन: मतदान हुँदा त्यहाँका कांग्रेसले बैशाख ३१ मा झैं शुर्य चिन्हमा छाप लगाएनन् । पहिले एमालेलाई भोट हालेकाले समेत आफ्नो पार्टीकै लाइनमा उभिन उचित ठानेर रेणुकै पक्षमा मतदान गरिदिए ।  बिशेष गरि पुन: मतदान पछी भरतपुर १९ मा कांग्रेसले एमालेलाई हराउन निकै जोडतोड प्रयास गर्यो । सत्ता साझेदार पार्टी, त्यसमा पनि एमालेको घमण्ड तोड्न भन्दै कांग्रेस-माओवादीले अभियाननै चलाए । जसको प्रभावले भरतपुर १९ मा बैशाख ३१ मा एमालेलाई गएको कांग्रेसहरु मत रेणुतिर फर्कियो । 

पुन: मतदान हुँदा कांग्रेसको आफुतर्फ आएको मत गुम्ने र बिभिन्न चलखेल हुने डरले एमालेले पुन: मतदान बिरुद्ध मुद्दा समेत दायर गर्यो तर निर्वाचनको नियमलाई टेकेर सर्वोच्चले आदेश दिँदा एमालेको मुद्दा सदर हुन पाएन । फलस्वरूप सर्वोच्चको आदेश लगत्तै मतदान भयो र एमालेतर्फ मिसिएको कांग्रेसको केहि मतकै कारण रेणु दाहालको जित पक्का भयो । भरतपुर १९ ले १५३१ मत दिएपछी बलियो बनेकी रेणुलाई भरतपुर २० मा कस्तो मत आउने हो भन्नेमा अर्को डर थियो तर बैशाख ३१ मै मतदान भएको २० नम्बर वडाको मत समेत रेणुकै पक्षमा आयो । फल स्वरूप भरतपुर महानगरपालिकामा माओवादी-कांग्रेसकि संयुक्त उम्मेदवार रेणु दाहालले आफ्नो पल्ला भारी बनाउन सफल भएकी छन् । 

वास्तवमा बैशाख ३१ गतेको निर्वाचनमा भरतपुर महानगरमा माओवादी-कांग्रेसलाई कांग्रेस मतदाताले नै धोका दिएको विश्लेषण गरिन्छ । किन भने दुई पार्टी मिल्दा समेत एमालेको पक्षमा राम्रो मत परेको थियो । माओवादी-कांग्रेस संयुक्त प्यानलमा निर्वाचनमा भाग लिने भएपछी महानगरका धेरै कांग्रेसहरुले आफ्नै पार्टीको विपक्षमा मतदान गरेका थिए । भरतपुर १९ ले भने सो कुरालाई सुधार्ने मौका पायो जसलाई रेणुले जित्नुको सबै भन्दा बलियो कारण मान्न सकिन्छ । 

अर्को छुटाउन नहुने कुरा के पनि हो भने जब मतपत्र च्यातियो त्यसको असर कांग्रेस-माओवादीमा पर्ने र एमालेलाई नै बढी मत आउनेमा एमाले आशाबादी थियो तर राजनीतिमा गलत-सहिको मतलव गरिन्न भन्ने कुरालाई चरितार्थ गर्दै भरतपुर १९ मा रेणुलाई नै मत दिइयो । वास्तवमा भन्ने हो भने मत च्यातिएको घटनालाई भरतपुर १९ ले खासै मतलव गरेन । जुन कुराको स्पष्ट प्रमाण रेणुको पक्षमा आएको मतबाट स्पष्ट हुन्छ  । एमालेले पुन: मतदानमा आफ्नो सबैभन्दा बलियो पक्ष मानेको यो बिषयले समेत फेल खाएको देखिन्छ । 

अर्को छुटाउन नहुने कुरा के पनि हो भने माओवादी-कांग्रेसले भरतपुर १९ मा पैसाको खोलो बगाएको भन्ने आरोप लगाइएको छ । जुन सत्य-असत्य प्रमाण बिना कसैले भन्न सक्ने अवस्था छैन त्यसो त एमालेलाई समेत पहिलो पार्टी बन्नुको पछाडी धेरै आर्थिक चलखेलको आरोप लगाउने गरिन्छ । जे होस् अन्यौल र विबादित बनेको भरतपुर महानगरपालिकाले नयाँ नेतृत्व पाएको छ । पार्टीगत स्वार्थ भन्दा माथि उठेर महानगरको प्रगतिको दिशा अंगाल्नु अबको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली