१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवकले झुन्डिएर आत्महत्या गरेपछि युवतीले गरिन बिष सेवन

२२ श्रावण २०७४, आईतवार १५:३०


सरोज यादव/साउन २२, सर्लाही । सर्लाहीमा एक युवाले झुन्डिएर आत्महत्या गरेका छन् ।

जनस्वास्थ्य कार्यालय मलंगवामा खरिदार पदमा कार्यरत चन्द्रनगर गाउपालिका वार्ड न. ३ का २६ वर्षिय नवीन चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् । 

सदरमुकाम मलंगवा स्थित जनस्वास्थ्य कार्यालयको दोभानमा पासो लगाई झुन्डिएको अवस्थामा चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

घटना स्थल र शवको अवस्था हेर्दा चौधरीको हत्या नभई आत्महत्या भएको प्रहरीले जानकारी दिएको छ । कार्यालयको  मेन गेट बन्द भएको कारण मृतक चौधरी देवाल तड्पेर कम्पाउण्ड भित्र प्रवेश गरेको थियो । राती कार्यालयको  गार्डसंग सुतेको चौधरी आइतबार बिहान मृत अवस्थामा भेटिएका थिए ।

घटनाको विषयमा थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । मृतक चौधरीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ ।

यसैबीच चौधरीले आत्महत्या गरेको खबर सुनेपछि आइतबारै सर्लाही अस्पताल मलंगवा परिसरमा एक युवतीले विष सेवन गरेकी छन् । महोतरी गोरहाना–४ कि २३ वर्षिय शिसम सिंह थारुले विष सेवन गरेकी हुन् । सर्लाही अस्पताल मलंगवाका चिकित्सकहरुले निकै सावधानी पुर्वक उक्त महिलालाई बचाउन सफल भएका छन ।

विष सेवन गरेकी युवतीलाई सर्लाही अस्पतालको आकस्मिक सेवा कक्षमा राखि उपचार भईरहेको अस्पताल स्रोतले जनाएको छ । विष सेवन गरेकी महिला र स्वास्थ्य कार्यालय सर्लाहीका खरिदार मृतक चौधरीबिच के–कस्ता सम्बन्ध थिए भन्नेबारे पुष्टी हुन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते