३० कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवामा पहिरोमा परी चारजना बेपत्ता, अन्य चार घाइते

२३ श्रावण २०७४, सोमबार ०२:०७

साउन २३, नुवाकोट । अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका चारजना हराइरहेका छन् भने घाइते अवस्थामा चार जनालाई उद्धार गरिएको छ । 

गए राति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वषीय धर्मबहादुर थापामगर, उहाँको बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी हराइरहेका छन् । 

माथिबाट निरन्तर पहिरो झर्ने क्रम जारी रहेकाले उनीहरुको उद्धारमा पुगेको नुवाकोट र रसुवाको नेपाल प्रहरी र श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीलाई कठिनाइ भएको छ । 

पहिरोमा परी अन्य चारजना घाइते भएकामध्ये रुद्र थापामगर र देवकी थापामगरको अवस्था गम्भीर छ । चारै जना घाइतेको नुवाकोटको मनकामना शान्तिबजारतर्फ लागेर स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरुलाई उपचारका लागि अस्पताल ल्याउन पहिरोले सडक अवरुद्ध रहेको र आवत जावतमा समेत कठिनाइ भएकाले सकिएको छैन । 

आइतबार साँझदेखि नै वर्षा भइरहेकाले राति ९ बजे पैरेबेशीस्थित माथिबाट पहिरो आएको स्थानीय बासिन्दाले बताएका छन् । 

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार वर्षाले रसुवाको लहरेपौवास्थित खाल्डेदेखि नै घटनास्थल पैरेबेशीसम्म पुग्न रसुवा र नुवाकोटको विभिन्न स्थानमा पहिरो बगिरहेकाले उद्धार गर्न थप टोली घटनास्थलमा जान सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेताहरुले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन गौशालामा महानगर प्रहरी र स्थानीयबीच तनाव सोमपाल कै नेतृत्वमा एनपीएलमा खेल्दै शिखर धवन सांसाद बजगाईंविरूद्व मन्त्री पाण्डेले दिए उजुरी लगातार ओरालो लागिरहेको सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति पुग्यो ? चार संसदीय समितिको बैठक आज बस्दै चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा अनुबन्ध आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्दै दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ६ जना गम्भीर घाइते सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न यस्तो छ, शुक्रबारको विदेशी मुद्राको विनिमय दर दार्चुलामा जीप दुर्घटना: ६ जनाको ज्यान गयो आजको मौसमः देशको अधिकांश भागमा मौसम सफा रहने जोखिमपूर्ण श्रमबाट एकजना र असुरक्षित बाल गृहबाट ११ बालबालिकाको उद्धार सरकार निरंकुशतातिर जाने खतरा छ : डा.शेखर कोइराला विश्वकपमा पुगेका यू–१९ महिला क्रिकेट टोलीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने नेपाली यू–१९ महिला क्रिकेट टिम आज स्वदेश फर्कदैँ डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्न आइटी क्षेत्रमा बजेट छैन : सञ्चारमन्त्री राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान