Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको धार्मिक तथा ऐतिहासिक बेलकोटगढीमा जमराघरको निर्माण सुरु

२०८२, ५ बैशाख शुक्रबार १४:०६

काठमाडौँ | नुवाकोटको धार्मिक तथा ऐतिहासिक बेलकोटगढीमा जमराघरको निर्माण सुरु भएको छ । बेलकोटगढी नगरपालिका– १० वेलकोट टाकुरोमा रहेको निरन्जना भगवती मन्दिर नजिकै नयाँ जमराघर निर्माण कार्य औपचारिक रुपमा सुरु भएको हो । बेलकोटगढीमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जमराघरको शिलान्यास गरेका हुन् । यससँगै जमराघरको निर्माण कार्य सुरु भएको हो । कार्यक्रममा मुख्यमन्त्री लामाले नेपालको संस्कृति, परम्परा, ऋतिरिवाज पहिचान भएका कारण यसको संरक्षण र सम्वद्र्धन आवश्यक रहेको बताए ।

उनले बागमती प्रदेश सरकारको तर्फबाट चालु आर्थिक वर्षमै २० लाख रुपैयाँको बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । जमरा घर निर्माण र बेलकोटगढीलाई थप पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न थप सहयोगका लागि विभिन्न निकायसँग समन्वय गर्नेसमेत बताए । जमराघर निर्माणका लागि संघीय सरकारबाट ९ लाख रुपैयाँ सशर्त अनुदान उपलब्ध भएको छ । ६७ लाख रुपैयाँको लागतमा दशैंघर निर्माणको काम अघि बढेको बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर तामाङले बताए ।

बेलकोटगढीको निरन्जना (हाल बेलकोटगढी–१०) मा पृथ्वीनारायण शाहले जयनत रानाामाथि विजय प्राप्त गरेदेखि नै वडादशैँका बेला सामूहिक रूपमा जमरा राख्ने परम्परा चलिआएको छ । जमराघरका लागि नेपाली सेनाले १० लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ । अहिले पनि तीनसय बढी घरधुरीले सामूहिक रुपमा जमरा राख्ने चलन कायम रहेको छ । यसका साथै संघ, प्रदेश र बेलकोटगढी नगरपालिकाको तीन वर्षको आर्थिक सहयोगमा झण्डै एक करोड रुपैयाँको लगानीमा निर्माण भएको नवनिर्मित निरञ्जना भगवती मन्दिरमा औपचारिक रुपमा पुजाआजा सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश