Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २३, धादिङ । </b>पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा टिपरले पैदलयात्रुलाई आज बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।&nbsp;</p><p>बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ३१०५ नंको टिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो । दुर्घटनामा धुनीबेसी नगरपालिका–९ का १८ वर्षीय अजय तामाङको मृत्यु भएको छ ।&nbsp;</p><p>टिपर ठक्कर दिएपछि घटनास्थलबाट भागेको र घाइते तीन जनालाई उपचारका लागि काठमाडाँै वीर अस्पताल पठाइएको छ । टिपर चालकलाई पछि प्रहरीले पक्राउ गरेको छ । रासस&nbsp;</p>