२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाजुरामा शव ल्याउन गएको हेलिकप्टर मौसम खराबीले अवतरण भएन

२०७४, २३ श्रावण सोमबार १०:४७


साउन २३, बाजुरा । बाजुराको बडिमालिका जाने क्रममा मृत्यु भएका तीर्थयात्री रामबहादुर बोहराको शव ल्याउनका सुर्खेतबाट आएको हेलिकप्टर त्रिवेणीधाममा मौसम खराबीका कारण अवतरण हुन सकेन । 

शनिबार राति ८.३० बजे लेक लागेर अछाम जिल्ला मल्लेख गाउँपालिका– ५ का वडा अध्यक्ष बोहराको मृत्यु भएको थियो । 

मृतकको शव गृह जिल्ला लिनका लागि आएको हेलिकप्टर मौसम खराबीका कारण घटनास्थलतर्फ जान नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो । 

बोहराको मृत्यु भएको एक दिनपछि आएको हेलिकप्टर अवतरण गर्न खोज्दा बादल र पानीका कारण त्रिवेणी लैजान समस्या भएको हो । घटनामा तीनजना प्रहरी र मृतकका आफन्त मात्र साथमा रहेको प्रहरीको भनाइ रहेको छ । 

शवलाई हेलिकप्टरबाहेक अन्य माध्यमबाट ल्याउन सक्ने अवस्था नरहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले बताउनुभयो । 

शव ल्याउनका लागि हेलिकप्टर तयारीमा भए पनि मौसमले मुस्किल भएको निमित्त प्रमुख जिल्ला अधिकारी मल्लको भनाइ छ । अहिले हेलिकप्टर समरजित गुल्मको सुरक्षामा राखिएको बताइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने