लोकेन्द्र प्रसाद जोशी/साउन २४, दार्चुला । दार्चुला जिल्लालाइ संघिय निर्बाचनकालागी पुरै जिल्लालाइ एक निर्बाचन क्षेत्र र प्रान्तीय निर्बाचन प्रयोजनकालागी २ ओटा निर्बाचन क्षेत्रमा बिभाजन गर्ने लगभग निश्चित जस्तै छ ।
यसअघि गत २०४८ सालको निर्बाचनमा दार्चुला जिल्लामा २ ओटा निर्बाचन क्षेत्र हुदा बर्तमान लेकम गाउँपालीकाका ४ ओटा साबिकका गाबिसमध्ये रिठाचौपाता र सर्मोली गाबिस एउटा क्षेत्र र खरकडा र लाली अर्को क्षेत्रमा रहेकोले अहिले सिमाकंन परिमार्जन गरी पुरै गाउँपालीका एउटै क्षेत्रमा हुनुपर्ने माग स्थानियले गरेका छन ।
पुरानो सिमाकंन अबैज्ञानिक र अब्यबहारीक रहेको भन्दै हालपनि पुरानै इतिहासलाइ नजिर बनाइ सिमाकंन गर्ने प्रयास नगर्न जनदबाबको आधारमा जनप्रतिनिधिहरुले निर्बाचन क्षेत्र निर्धारण आयोगलाइ आग्रह गरेका हुन ।
लेकम गाउँपालीकालाइ पुरानै संरचनाअनुसार बिभाजन गरेर क्षेत्र नम्बर १ र २ राख्ने कार्य अब्यबहारीक, अबैज्ञानिक, पिडादायी एब. स्थानिय नागरीकको जनभाबना बिपरित हुने भन्दै गाउँपालीका टुक्राउँने प्रयास नगर्न लेकम गाउँपालीका र छिमेकी गाउँपालीकाका जनप्रतिनिधिहरु साथै सम्पुर्ण राजनीतिक दलका प्रतिनिधिहरुले संयुक्त रुपमा निर्बाचन आयोगलाइ जिल्ला प्रसासन कार्यालय दार्चुला मार्फत ध्यानआकर्षण गराएका छन ।
यसअघि गत बुधबार लेकम गाउँपालीकाका जनप्रतिनिधिहरुको बैठकले समेत निकट भबिष्यमा हुने भनिएको प्रादेशिक निर्बाचनमा लेकम गाउँपालीकालाइ बिभाजन गर्न नहुने निर्णय गरेका थिए ।
जनभाबना र आबश्यकता बिपरित आयोगले सिमाकंनको निर्णय गरेमा कडा आन्दोलनमा उत्रिने लेकमबासी नागरीकले चेतावनि समेत दिएका छन ।
भगौलीक निरन्तरता, सुगमता र एकरुपता, धार्मीक, सास्कृतिक र भगौलीक भाषिक सम्बन्ध, बन बनस्पति र जल जलासय समेत मिलेको आधारमा लेकम गाउँपालीका, मालिकार्जुन गाउँपालीका, महाकाली नगरपालीका र दुहु गाउँपालीकालाइ एउटा क्षेत्र र अपिहिमाल गाउँपालीका, मार्मा गाउँपालीका, शैल्यसिखर नगरपालीका र नौगाड गाउँपालीका गरी ४ ओटा स्थानिय तहलाइ अर्को निर्बाचन क्षेत्र रहने गरी सिमाकंन गर्नुपर्ने सुझाब समेत पेश गरीएको लेकम गाउँपालीका अध्यक्ष प्रमानन्द जोशीले बताउँनुभयो ।