2026-10-15 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’

काठमाडौँ | कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सूचना प्रविधिको स्वरुप बदलिएकाले यसको महत्व झनै बढेको बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसनको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘डिजिटल कर्णाली कन्लेक्भ’मा उहाँले भन्नुभयो, “हिजो पनि जो सूचना र प्रविधिले बलियो थियो, संसार उसकै हातमा थियो । आधुनिक इतिहास हेर्दा पनि जोसँग सूचना र प्रविधि छ, ऊ नै महान् बनेको बिर्सन सकिँदैन ।”

अहिलेको युग डिजिटल प्रविधि र सूचनाको युग भएकाले मुख्यमन्त्री कँडेलले मान्छेको हातमा कुरा गर्न मिल्ने मोबाइल मात्रै नभएर सिङ्गो संसारका गतिविधि नियाल्न मिल्ने सुविधा रहेको बताउनुभयो ।

कन्क्लेभमा आजै भएका विभिन्न प्रस्तुतिहरुमा कर्णालीमा ‘डिजिटाइजेसन’का चुनौतीहरुबारे सान्दर्भिक विषयहरु उठिरहेको र पहिलो सर्तका रुपमा पूर्वाधार आवश्यक रहेको उहाँको भनाइ छ । कर्णालीमा ब्रोडब्यान्ड इन्टरनेट, मोबाइल टावर, नियमित बिजुली अझै धेरै स्थानमा कमजोर भएकाले ठूलो सङ्ख्या डिजिटल साक्षरताबाट वञ्चित भएको उहाँले बताउनुभयो । सूचना, प्रविधिको जनतासम्म गुणस्तरीय पहुँच अझै पुग्न नसकेको उहाँको भनाइ छ । यही कारणले धनी र गरिबबीचको खाडल अर्थात् ‘डिजिटल डिभाइड’को अवस्थाबाट गुज्रिरहेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका विद्यालयहरूलाई नमूनाका रुपमा विकास गर्दै डिजिटल शिक्षा सुरु हुने क्रममा रहेको जानकारी दिनुभयो । डिजिटल पूर्वाधार, डिजिटल शिक्षा र डिजिटल पहुँच बिनाको समावेशी विकास गर्न नसकिने भएकाले सबैले हातेमालो गरेर अगाडि बढनुपर्ने मुख्यमन्त्री कँडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने