Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

जिसस डोटीमा एमाले निर्विरोध निर्वाचित

२०७४, २६ श्रावण बिहीबार ०२:१६

साउन २५, डोटी । जिल्ला समन्वय समिति डोटीमा नेकपा (एमाले)को समूह निर्विरोध निर्वाचित भएको छ । 

बुधबार सम्पन्न मनोनयन दर्ता कार्यक्रमअन्तर्गत एमाले समूहबाट मात्रै उम्मेदवारी परेपछि सबै पद निर्विरोध भएको हो । 

निर्वाचन कार्यालयका अनुसार अध्यक्षमा रामबहादुर ऐर, उपाध्यक्षमा शशी सोव तथा खुल्ला सदस्यमा डम्बर ओली, घनश्याम जोशी र गोविन्दबहादुर खड्का निर्वाचित हुनुभएको छ । 

महिला सदस्यमा लक्ष्मी मल्ल, मीना बोहरा र तुल्सा बुढा निर्विरोध निर्वाचित हुनुभएको छ । अल्पसंख्यकमा संग्राम नेपाली निर्वाचित हुनुभएको छ । निर्विरोध निर्वाचित भएपनि आधिकारिकरुपमा घोषणा भने २९ गते नै हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नौवटा स्थानीय तह रहेको डोटीमा एमालेले चारवटा गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष, एक नगरपालिकामा प्रमुख÷उपप्रमुख र एउटा गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । फलस्वरुप जिल्ला समन्वय समितिमा १८ मतमध्ये ११ मत एमालेको पक्षमा रह्यो । 

नेपाली काँग्रेसको पक्षमा छ वटा र नेकपा माओवादी केन्द्रसँग एक गाउँपालिकाको अध्यक्षको मत थियो । एमालेको स्पष्ट जित देखिएका कारण काँग्रेस र माओवादी केन्द्रले मनोनयन नै दर्ता नै गरेनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै