Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-09-19 12:06 AM
पर्बत - PBT

कुन देशप्रेमिको शुक्रकिटबाट जन्मिएछ एउटा ‘महापागल’

Image may contain: 1 person, standing-अर्जुन निर्जन पौडेल

कुन देशप्रेमि को शुक्रकिट बाट 
जन्मिएछ एउटा महापागल
पैसा को बिछ्यौना छोडेर 
भोकै बसिरहेछ हुम्ला जुम्लाको लागि
र उ सगै भोकै बसिरहेछ्न सडक मा
थुप्रै महापागलहरुको समुह
लहराले थाक्रो खोजेझै
खोजिरहेछ बारम्बार
एउटा एउटा नया बाहना
र बसिरहेछ एउटा कुनामा अनशन
नशामा सुइ उनेर
प्रत्येक पटक 
हल्लाइरहन्छ स्वास्थ्य माफियाहरुको मुटु 
सरकार यस्लाइ तुरुन्त देशद्रोही मुद्दा लगाइयोस
मेरो अनुरोध
जनता ती हुन जो शहर मा बस्छन
खाना बढी भएर डाईटिङ गर्छन 
यो महापागल
रुकुम रोल्पा लाई पनि नेपाल देख्छ
सिटामोल किन्न नसक्ने पनि नेपाली देख्छ
र त्यस्ता दरिद्रि हरुको लागि आफ्नो ज्यान जोखिममा राख्छ
कृपया सरकार
स्वास्थ्य मा सबैको पहुच पुगोस भन्ने यो अपराधी हो
सिटामोल बोकेर कर्णाली गएर जनता भड्काउन खोज्छ
यस्लाइ तुरुन्त पागल घोषणा गर
स्वास्थ्य माफियाहरुको संरक्षण गर
सक्छन देशै निकाला गर
म पनि यस्को सपोर्ट मा छु 
मलाई पनि पागल घोषणा गर
या यो सगै मर्न दे
मेरो अनुरोध ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई