२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या

१५ बैशाख २०८२, सोमबार १७:५०

काठमाडौँ | मनोरञ्जनात्मक क्षेत्रको व्यवस्थापन र यसमा कार्यरत श्रमिक महिलाहरूको संरक्षणका लागि कानुनको आवश्यकता रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् ।

रक्षा नेपालले आज यहाँ आयोजना गरेको ‘मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूको हकहितका लागि कानुनमा भएका व्यवस्थाबारे सरोकारवाला निकायसँग छलफल’ मा सहभागीहरूले कानुनको अभावमा यस क्षेत्रमा काम गर्ने महिला श्रमिकलाई कठिनाइ भएको बताइएका हुन् ।

रक्षा नेपालका कार्यक्रम व्यवस्थापक देवी थापाका अनुसार मनोरञ्जन क्षेत्र (रेष्टुरेन्ट, डान्सबार र खाजाघर) मा काम गर्ने पाँच सय महिला श्रमिकबारे सर्वेक्षण गर्दा अधिकांशले रहर नभई बाध्यताले यस क्षेत्रमा काम गर्नुपरेका बताएका छन् ।

यस्तै, श्रमिकहरूले दुई महिनाको दुधे बालक छोडेर काम गर्नुपरेको, श्रीमान्ले छाडेर नागरिकताविहीन भएको, सन्तानको जन्मदर्ता नभएको, कार्यस्थलमा हिंसा भोगेकोे, यस क्षेत्रमा खुलेर काम गर्ने अवस्था नरहेको पाइएको छ ।

मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक कृष्ण बस्यालले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकसम्बन्धी छुट्टै कानुन नभएको र महिला वा बालिका छुट्याउन पनि कतिपय अवस्थामा कठिनाइ हुने गरेको सुनाउनुभयो । “रेष्टस्टुरेन्ट, दोहोरी साँझ, खाजाघरमा काम गर्ने महिला श्रमिकलाई त्यस्तो केही गतिविधि देखेर सोध्यो भने हाम्रो कर्मचारी नै होइन भनेर पन्छिन्छन्”, उहाँले भन्नुभयो, “कतिपय अवस्थामा महिला वा बालबालिका छुटयाउनै सकिन्न, साना बालिका हुन्छन्, उमेर सोध्यो भने १९ वर्ष भन्छन् । बालिकाको हकमा हामीले नै जाहेरी दिन मिल्छ, महिलाको हकमा फरक कानुनी व्यवस्था छ ।”

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमिल्सिनाले कानुन नभएका कारण यस क्षेत्रमा काम गर्ने महिला श्रमिकलाई सुरक्षित र व्यवस्थित गर्न कठिन भएको र कानुन निर्माणका क्रममा केही आवश्यक परेमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अधिवक्ता कमलप्रसाद आचार्यले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाका लागि छुट्टै कानुनको आवश्यकता भएको र कानुन निर्माणमा सरोकार भएका पक्षले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । विश्वास नेपालका कार्यकारी निर्देशक मधु गुरुङले मनोरञ्जन क्षेत्रलाई व्यवस्थित गराउन सर्वोच्च अदालतले विसं २०६५ निर्माण गरेको निर्देशिका पनि कार्यान्वयनमा नआएको र थप कानुनसमेत निर्माण हुन नसकेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका वरिष्ठ अधिकृत सुनिता श्रेष्ठले महानगरले पनि मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकलाई व्यवस्थित गर्न कार्यविधि बनाउन खोजेको तर तथ्याङ्क नभएका कारणले केही समस्या भएको जानकारी दिनुभयो । कार्यक्रमका सहभागीहरूले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकलाई सुरक्षित र व्यवस्थित बनाउन कानुन जरुरी भएकाले यसका लागि सरकार र सरोकार भएका निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान