2026-09-18 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसका तीस जनाद्वारा संयुक्त राजीनामा

साउन २६, बाजुरा । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका संगठन विभाग प्रमुख तथा सदस्य र पूर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्तरुपमा राजीनामा दिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । 

नेपाली काँग्रेसका नेतृत्व तहमा रहेका नेताहरुले मनोमानीरुपमा जिल्ला समन्वय समिति बाजुराको प्रमुख, उपप्रमुख र सदस्यहरु छनोटमा एकलौटी गरेकोप्रति असन्तुष्टि जनाउँदै संयुक्त राजीनामा दिएको धनराज पण्डितले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । 

जिल्ला समन्वय समितिको संयोजक छनोटमा जिल्ला कार्यसमितिको बैठक नै नबसी छनोट गरेको भन्दै नेपाली काँग्रेसका भ्रातृ संघसंगठनका प्रमुखहरुले पनि राजीनामा दिएको तरुण दल जिल्ला सचिव हिरेन्द्र रोकायाले बताउनुभयो । 

नेपाली काँग्रेसका नेताहरुले नीतिलाई लत्याएर आफू मनोमानी गरेको भन्दै ३० जनाले संयुक्त राजीनामा दिएको रोकायाको भनाइ रहेको छ । नौवटै स्थानीय तहमा रहेका नेपाली काँग्रेसका भ्रातृ संघहरुले जिल्ला समन्वय समितिको सदस्यका लागि सिफारिस गरेका भन्दा बेग्लै जिससमा पार्टीले एकलौटी छनोट गरेपछि राजीनामा दिएको नेपाल महिला संघ जिल्ला अध्यक्ष अमृता सिंहले बताउनुभएको छ । 

नेपाली काँग्रेसको पार्टी सदस्य त्याग्नुका साथै पार्टीको जिम्मेवारीको भूमिकाबाहिर बस्ने गरी ३० जनाले संयुक्त राजीनामा दिएका हुन् । 

राजीनामा दिनेमा नेपाली काँग्रेसका छजना जिल्ला कार्यसमिति सदस्यमध्ये धनराज पण्डित, उमा रोकाया, गोविन्द सिंहलगायतले राजीनामा दिएका छन् । 

नेपाल महिला संघ जिल्ला अध्यक्ष अमृता सिंह, तरुण दल जिल्ला सचिव हिरेन्द्र रोकाया, कोषाध्यक्ष श्रीचन्द्र पाध्याय, नेपाल दलित संघ केन्द्रीय सदस्य वीरबहादुर विक, बडिमालिका नगरपालिका नगर कार्यबाहक सभापति धनलाल पाध्यायले र पूर्व जिल्ला कार्यसमिति सल्लाहकार संयोजक देवबहादुर रोकायाले पनि राजीनामा दिएको पत्रकार सम्मलेनमा जानकारी गराइएको हो । 

नेपाली काँग्रेस स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी भएको छ । जिल्ला सञ्चालन गर्न नेपाली काँग्रेसको काँधमा आएको भए पनि केही नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाउँदै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई