पर्वत । चटपट स्वास्थ्यको लागि कति लाभदायीक छ र चटपट बनाउँदा केके सामग्रीको प्रयोग गरिन्छ भन्नेबारेमा  धेरै अनिविज्ञ  छन् । बजारका खुल्ला रुपमा सडकमा पाइने चटपट खाने उपभोक्ताहरुको बजारमा भिडनै लाग्छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । चटपट स्वास्थ्यको लागि कति लाभदायीक छ र चटपट बनाउँदा केके सामग्रीको प्रयोग गरिन्छ भन्नेबारेमा  धेरै अनिविज्ञ  छन् । बजारका खुल्ला रुपमा सडकमा पाइने चटपट खाने उपभोक्ताहरुको बजारमा भिडनै लाग्छ ।
३ पुष २०८२, बिहीबार
पर्बत - PBT

चटपट अमिलो बनाउन “हारपेक”को प्रयोग

२७ श्रावण २०७४, शुक्रबार ०२:४१

पर्वत । चटपट स्वास्थ्यको लागि कति लाभदायीक छ र चटपट बनाउँदा केके सामग्रीको प्रयोग गरिन्छ भन्नेबारेमा  धेरै अनिविज्ञ  छन् । बजारका खुल्ला रुपमा सडकमा पाइने चटपट खाने उपभोक्ताहरुको बजारमा भिडनै लाग्छ । गल्लीगल्लीमा ठेलागाडामा विक्रि गर्न राखिएको चटपट स्वादका लागि उपभोक्ताले प्रयोग गर्ने गरेको पाइन्छ तर त्यसले स्वास्थ्यमा पार्ने असर र बनाउने विधिमा केके अपनाइन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुदैन ।

स्वादका लागि उपभोग गर्ने चटपट झट्ट हेर्दा चाउचाउ, चना,मटर, आलु, व्याज, खुर्सानी, मसला, भुजा, दालमोठ आदीको प्रयोग बाट बनाएको जस्तो देखिन्छ तर चटपटलाई स्वाधिलो र टेस्टी बनाउनको लागि व्यापारीहरुले शौचालयमा राखिने हारपेकको प्रयोग गर्ने गरेको खुलेको छ ।

हारपेकको प्रयोगले चटपटलाई स्वादिलो र अमिलो बनाउने भएका      कारण व्यापारीले हारपेकको पानी तयार गरी चटपटको टेस्टका लागि प्रयोग       गरेको पाइएको छ । बजार अनुगमनका क्रममा चटपट व्यापारीले हारपेक राखेर चटपटलाई अमिलो र स्वादिलो बनाउने गरेको तथ्य बाहिर आएपछि म्याग्दीमा चटपट विक्रिवितरणमा रोक लगाइएको छ ।

बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने  गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनपा– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए। ‘सडकमा ठेला राखेर व्यापार गर्दा दुर्घटनाको जोखिम समेत बढेको छ,’ उनले भने ।

साँघुरा सडक र गल्लीमा ठेलामा राखेर बिक्री गरिने चटपटे खानेको भिडले सवारी आवागमन प्रभावित भएको छ । चटपटे अमिलो बनाउन यहाँका केही        व्यापारीले शौचालय सफा गर्न प्रयोग गरिने ‘हारपेक’ प्रयोग गरेको भेटिएपछि कडाइ गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

नगरपालिकाले सडक छेउछाउमा रहेका ट्यांकी र छाप्रोलाई वैकल्पिक ठाउँमा स्थानान्तरणको तयारी समेत गरेको छ । ठेला तथा ट्ंयाकी बनाएर फलफूल र शृङ्गार सामग्रीको व्यापार गर्दै आएका व्यापारीलाई स्थायी पूर्वाधार बनाएर     स्थानान्तरण गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको     छ ।

यता पर्वतमा सडकमा चटपट विक्रि गर्ने व्यापारीहरुको संख्या निकै बढ्दो छ । बजारका चोकचोकमा सवारी साधनलाई अबरोध गर्ने गरी घुम्तीहरुमा ठेलागाडीमा चटपट विक्रिवितरण गर्ने गरेता पनि त्यसमा अनुगमन र कुश्मा नगरपालिकाले खासैका अनुगमन  र व्यवस्थापन गर्न सकेको छैन । बजारमा अहिले चटपटक गर्नेहरुले सडकका छेउछा रोजका छन् भने चटपट खानेहरुको भीडले सडक दुर्घटना हुने खतरा समेत         रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल