2026-07-06 03:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल र रिल्याक्स अनुभव गरेको छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता र पीडा नभएको बताएका छन् ।

शुक्रबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासले जसलाई मिल भनेको छ, तिनीहरु मिल्नुपर्ने इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ तिनीहरुसँग मिल्न नहुने बताए ।

उनले प्रचण्डलाई सरकार छाडेको चिन्ता पीडा छ भन्नेमा सत्य नभएको भन्दै प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेबल र रिल्याक्स अनुभव गरेको बताए ।

उनले भने,’म चिप्लो कुरामा चिप्लिए र अहिले राजनीतिक अलिक जटिल हुँदै गएको कुरा मलाई महसुश भएको छ । हामी सबैले पनि आफूपनि कहाँ कहाँ चिप्लियौं भन्ने इमान्दार आत्मसमीक्षा गर्ने हो भने इतिहासले जसलाई मिल भनेको छ,तिनीहरु मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तीनिहरुसँग मिल्न हुँदैन । यो कुराको चेतना आजको आवश्यकता हो । यसो भन्दा प्रचण्डलाई सरकार छाडेको चिन्ता पीडा भएको छ भन्छन्, त्यो होइन । विल्कुल होइन अहिले मैंले प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेवल फिल गरेको छु, रिल्याक्स छु । जनताको बीचमा गएको छु । ’

उनले समाजमा बढि अराजकता र निरङकुशतातिर फर्काउने कसरतहरु भइरहेको बताए । पार्टी भित्रै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यताबाट पछि हट्न खोज्ने कसैको मनसाय भएको भन्दै त्यसलाई सफल हुन नदिने उनको भनाई छ ।

उनले भने,‘हामी आज देख्छौ समाजमा अलि बढि अराजकता र निरङकुशतातिर फर्काउने कसरतहरु भइरहेको छ । एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यताबाट पछि हट्न खोज्ने हामी भित्र नै कसैको मनसाय त्यसलाई पनि सफल हुन नदिनुपर्ने आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै