साउन २७, काठमाडौँ | लालिगुराँस एल्बममा रहेको पप गीत  "के यो माया हो" को म्युजिक भिडियो सार्बजनिक भएको छ । बिगत लामो समय देखि नै नेपाली गीत संगीतमा प्रवेश गरेका लालिग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २७, काठमाडौँ | लालिगुराँस एल्बममा रहेको पप गीत  "के यो माया हो" को म्युजिक भिडियो सार्बजनिक भएको छ । बिगत लामो समय देखि नै नेपाली गीत संगीतमा प्रवेश गरेका लालिग"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“के यो माया हो” को म्युजिक भिडियो सार्बजनिक

२७ श्रावण २०७४, शुक्रबार ०७:२२


साउन २७, काठमाडौँ | लालिगुराँस एल्बममा रहेको पप गीत  "के यो माया हो" को म्युजिक भिडियो सार्बजनिक भएको छ । बिगत लामो समय देखि नै नेपाली गीत संगीतमा प्रवेश गरेका लालिगुराँस टिमले पहिलो गीतको म्युजिक भिडियो सार्थक डिजिटल म्युजिक प्रा.लि. मार्फत सार्बजनिक गरेका छन् । 

सुबिर पन्तको संगीत, रोहित बस्नेतको शब्द रचना रहेको उक्त गीतमा आवाज चर्चित गायक नेपाली तारा-२, सन्तोष लामा र मेलिना राईको रहेको छ । लालिगुराँस टिममा रोहित बस्नेत, सुबिर पन्त, सन्जित कुमार रायमाझी र जीवन पन्त रहेका छन् । उक्त टिमका संगीतकार सुबिर पन्त लन्डनमा छन् भने सन्जित जापानमा छन् साथै गीतकार रोहित बस्नेत र गायक जीवन पन्त नेपालमै छन् । १९९० देखिको गीत संगीतको यात्रा करिब २७ बर्ष पछाडी पूरा गर्दैछन् यो गीत मार्फत उक्त टिमले। लन्डन मै आफ्नो ब्यक्तिगत होम रेकर्डिङ स्टुडियो खोलेर आफ्नो गीत रेकर्ड गर्ने चाहाना पूरा गरेका सुबिर पन्त नेपाल बाटै पहिलो पटक आफ्नो गीत रेकर्ड भै भिडियो सार्बजनिक हुँदा निक्कै हर्षित छन् ! पछिल्लो समयको जल्दोबल्दो म्यूजिक कम्पनि "सार्थक डिजिटल"ले बजारमा ल्याएको उक्त गीतमा मोडल भेष राज गौतम र उर्मिला रायमाझिको बेजोड अभिनय देख्न पाईन्छ । संगीतकार सुबिर पन्तको एकल संगीत रहेको लालिगुराँस एल्बम केही अगाडि रिपोर्टस क्लबमा भब्यताका साथ सम्पन्न भएको थियो। मेलिना राई र सन्तोष लामा पछिल्लो समयमा गायन  क्षेत्रमा जमेको नाम हो । नेपाली कला क्षेत्रको बिकासमा उहाँहरुको देन अनुकरणीय रहनेमा दुईमत छैन् । यस गीतको छायांकन चितवनको रमणीय स्थलमा भएको हो । 

"के यो माया हो" गीत झट्ट सुन्दा चलचित्रको जस्तो सुनिए पछि हामिले सार्थक डिजिटलका प्रबन्ध निर्देशक जीवन पन्तलाई किन चलचित्रमा नदिनु भएको त उक्त गीत भनेर सोध्दा गीत फिल्मको लागि सुहाउने खालको छ र कुरा पनि आएको हो, कुरा नमिले पछि आफैले छायांकन गरेको बताए । लाखौं दर्शक तथा स्रोताको मन जित्न सफल हुनेमा कुनै दुबिधा छैन भन्नू हुन्छ उहाँ । उक्त गीतको छायांकन नरेन्द्र सिंह र सम्पादन निशान घिमिरेले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन