साउन २७, नवलपरासी । नवलपरासीमा बाढीको प्रदुषणले स्थानिय पिडितहरुमा भाईरल र फ्लुकोे संक्रमण बढन थालेपछि निशुल्क स्वास्थय शिबिर संचालन गरिएको छ ।

ठाउँ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २७, नवलपरासी । नवलपरासीमा बाढीको प्रदुषणले स्थानिय पिडितहरुमा भाईरल र फ्लुकोे संक्रमण बढन थालेपछि निशुल्क स्वास्थय शिबिर संचालन गरिएको छ ।

ठाउँ "/>

२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बाढी पिडित परिवारको नि:शुल्क स्वास्थय परिक्षण

२०७४, २७ श्रावण शुक्रबार १२:३४


साउन २७, नवलपरासी । नवलपरासीमा बाढीको प्रदुषणले स्थानिय पिडितहरुमा भाईरल र फ्लुकोे संक्रमण बढन थालेपछि निशुल्क स्वास्थय शिबिर संचालन गरिएको छ ।

ठाउँ ठाउँमा बाढीको पानी मरेर वातावरण दुषित र चर्काे घाम, गर्मीका कारण भाईरल ज्वरो, फ्लुको संक्रमणले बाढी पिडितहरु विरामी पर्न थालेपछि निुशल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो । बाढीले प्रभावित बनेको उक्त क्ष्ोत्रमा सरकारको भुमिका निस्क्रिय देखिएपछि सिडिएम नेपाल बुटवल, नेपाल स्वास्थय प्राविधिक संघ बुटवल र ग्यालेक्सी रिसर्च एण्ड डेभ्लपमेन्ट सेन्टर बुटवलको संयुक्त आयोजनामा एक दिने  निशुल्क स्वास्थय शिबिर संचालन गरि निशुल्क औषधी वितरण गरिएको छ ।

जिल्लाको प्रतापुर गाउँपालिका ८ स्थित फटकी टोला र वार्ड नंं ३ बर्गदवाको नन्दपुरमा गरि दुई ठाउँमा स्वास्थय शिबिर संचालन गरिएको छ । बाढीले पुर्ण डुबानमा परेका क्षेत्र मध्ये यि दुईटा वार्डहरु बढि पिडित भएको छ । बाढीले जिल्लामा १ सय ४४ घरपरिवारको घर भत्केर विस्थापित हुन पुगेका छन् । 

रोगको संक्रमण यि विस्थापित घरपरिमा बढि देखिएकाले दुईटै शिबिरमा विस्थापित घर परिवारका कुल १ सय १३ जनाको स्वास्थ्य परिक्षण गरिएको सिडिएम नेपालको नवलपरासी सुपरभाईजर हरिशंकर पाण्डेले बताए ।  

 स्वास्थ्य परिक्षण गर्दा भाईरल ज्वरो, रुघाखोकी, झाडापाखाला, दादुरा र छाला रोगका विरामीहरु भेटिएका छन् । विरामीहरुलाई निशुल्क औषधीहरु वितरण गरिएको छ जसले विरामीहरुको अवस्थामा सुधार हुने शिबिरमा खटिएका हेल्थ असिस्टेन्ट समिर भण्डारीले बताए । श्रावण २० गते जिल्लामा आएको ठुलो बाढीका कारण घर भत्किेर १ सय ४४ घरधुरी विस्थापित भएका थिए जु अझैपनि स्थानिय विद्यालय र सर्वाजनिक जग्गाहरुमा त्रिपाल गाडेर बसोबास गर्दै आएका छन् ।

 बाढीले बिजोग बनाएको विस्थापित घरपरिवार धाराको धमिलो पानी खान बाध्य छन् । त्यति मात्र होईन विद्यालय एवं त्रिपालमा बस्ने ति विस्थापित परिवारलाई कडा घाम र चर्काे गर्मीले पनि निकै सताएको छ । 

सम्बन्धित गाउँपालिका, सिडिएम नेपाल र स्थानिय जनताले वितरण गरेको खाद्यान्न दाउराको अभावमा राम्ररी तरिकाले पकाउन नसकेपछि कांचै खान पनि बाध्य छन् । जसले तिनको स्वास्थ्यमा नाकारात्मक असर पारी रहेको बताइएको छ । सरकारको मौनताले झन पिडित बन्दै गएका विस्थापित परिवारमा अझैपनि सिडिएम नेपालले भोजन (मेस) चलाईरहेको छ ।

 ति संस्थाहरुले चलाएको स्वास्थ्य शिबिरमा फेला परेका विरामीहरु दुषित पानी, घाम, गर्मी, प्रदुषित वातावरण कै कारणले फैलिरहेको हो । यदि यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने यो संक्रमण ठुलो रुप लिदै महामारी फैलिने सम्भावना रहेको एच ए भण्डारीले बताए । 

यसरी दयनिय अवस्थामा रहेका ति विस्थापित परिवारलाई सरकारी निकायले पुर्न स्थापित गराउन केहि पलह गरेको पाइएको छैन । विस्थापित घरपरिवारको केहि स्थानिय विद्यालयमा बास र खाना (मेस)ले विद्यालयको पठन पाठन पनि अवरुद्ध भएको अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना