2026-09-19 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

स्वरोजगार व्यापार श्रमिक संघ प्रदेश नं ४ बाट उमाराज बास्तोला निर्बाचित

स्वरोजगार व्यापार श्रमिक संघ प्रदेश नं ४ बाट उमाराज बास्तोला निर्बाचित  
काठमाडौ ,२७ श्रावण 
नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघको पाँचौं राष्ट्रिय अधिवेशनले कुमार सापकोटाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कमिटि निर्विरोध निर्वा्चित गरेको छ । संघको उपाध्यक्षमा जनार्दन पराजुली र माया गुरुङ निर्बिरोध भएका छन् । यस्तै महासचिवमा राजकुमार श्रेष्ठ,उपमहासचिव कमला दाहाल,सचिवहरुमा कमला आचार्य र इन्द्रबहादुर बस्नेत निर्वा्चित भएका छन् । यसैगरी सदस्यहरुमा प्रदेश नं १ बाट कृष्णप्रसाद घिमिरे र सावित्रा खड्का,प्रदेश नं २ बाट कमल पौडेल र शिला झा,प्रदेश नं ३ बाट भवानीप्रसाद शर्मा, सिता रिजाल र तिलकबहादुर खड्का,प्रदेश नं ४ बाट उमाराज बास्तोला,प्रदेश नं ५ बाट दिलबहादुर गुरुङ,प्रदेश नं ६ बाट लक्ष्मीकुमारी ज्ञवाली र प्रदेश नं ७ बाट खड्गबहादुर रोक्का मगर र बासुदेव दाहाल निर्वा्चित भएका छन् । 

प्रदेश नं ४ बाट निर्बाचित  बास्तोला चिप्लेढुंगा मिनि मार्केट का  अध्यक्ष, बास्तोला कम्प्लेक्स का संचालक तथा पोखरामा रहेको सरल नमुना बचत तथा ऋण सहकारी सस्थाका नि बर्तमान अध्यक्ष समेत हुन् । 
 अध्यक्षमण्डलका अध्यक्ष एवं जिफन्टका महासचिव विष्णु लम्सालले नवनिर्वा्चित कमिटिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै स्वरोजगार व्यापार श्रमिकका हक अधिकार स्थापित गराई अगाडि बढ्न नवनिर्वा्चित कमिटिलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । यस्तै कार्यक्रममा साँसद चुडामणि जंगली, जिफन्ट उपमहासचिव एवं प्रदेश ३ का संयोजक जनक चौधरी,जिफन्टका सचिव एवं प्रदेश नं १ का संयोजक दिपक पौडेल, जिफन्टका सचिवहरु दिनेश राई, बेलीमाया घले, प्रदेश नं ३ का सचिव रामहरि नेपाल, क्यूपेक नेपालका अध्यक्ष नरनाथ लुँटेल लगायतले नवनिर्वा्चित कमिटिलाई बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा