2026-10-17 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर

2026-09-19

काठमाडौँ | नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् १५औँ महाधिवेशनमा महामन्त्री पदका आकाङ्क्षी नैनसिंह महरले आगामी महाधिवेशन केवल नेतृत्व छान्ने विषय मात्र नभई पार्टीलाई समयानुकूल परिवर्तन गर्ने कि पुरानाकै ढर्रामा अघि बढाउने भन्ने निर्णायक अवसर भएको बताएका छन्। विचारप्रधान धारणा प्रस्तुत गर्दै उनले नेतृत्वसँगै युगको दिशा तय गर्ने यस्ता अवसरको सदुपयोग गरी नेपाली कांग्रेसलाई ‘बदलिएको कांग्रेस’का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका हुन्।

उनका अनुसार परिवर्तित कांग्रेस भनेको नयाँ अनुहार मात्र नभई नयाँ सोच, नयाँ सङ्गठन, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कार हो। विगतका पुस्ताको त्याग, सङ्घर्ष र योगदानको जगमै आजको कांग्रेस उभिएको स्मरण गराउँदै महरले अब उक्त जगमा नयाँ पुस्ताको ऊर्जा सिञ्चित गरेर पार्टीलाई हरेक नेपालीको साझा थलो बनाउनुपर्ने बताए। उनले भने, ‘अब नेतृत्वको बहस व्यक्तिमा होइन, दृष्टिकोण र विचारमा हुनुपर्छ।’ स्पष्ट खाका प्रस्तुत गर्दै उनले थपे, ‘कस्तो कांग्रेस बनाउने भन्ने स्पष्ट जवाफ दिन नसक्ने नेतृत्व परिवर्तनको कुनै अर्थ रहँदैन।’

सङ्गठनलाई चुनावका बेला भोट माग्ने माध्यममा मात्र सीमित नराखी हरेक दिन जनताको घरआँगनमा पुर्‍याउनुपर्ने प्रस्ताव अघि सार्दै उनले पुस्तान्तरणलाई नारामा मात्र नभई व्यवहारमै उतार्नुपर्ने बताए। युवाहरूलाई नारा लगाउनमा सीमित नराखी निर्णय प्रक्रियाको मूल तहसम्म पुर्‍याउनुपर्ने तथा अनुभव, ऊर्जा र संस्कारलाई एकसाथ समेट्नुपर्ने उनको भनाइ छ। राजनीतिलाई जनताको दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिँदै उनले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, उद्यमशीलता र उत्पादनजस्ता आधारभूत आवश्यकताका साथै विश्व समाजमा द्रुत गतिमा फैलिरहेको प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)को युगलाई समेत राजनीतिसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याए। पार्टीभित्र पारदर्शिता, स्पष्टता र राज्य सञ्चालनमा जवाफदेहिता कायम नगरी जनताको विश्वास पुनः प्राप्त गर्न नसकिने स्पष्ट पार्दै उनले कांग्रेसलाई सुशासनको पर्याय बनाउनुपर्ने बताए। जलवायु परिवर्तन, विपद् व्यवस्थापन, डिजिटल प्रविधि र बदलिँदो विश्व अर्थतन्त्रका विषयमा कांग्रेससँग स्पष्ट दृष्टिकोण हुनुपर्ने उनको जोड छ।

महाधिवेशनलाई विचारको बहसमा केन्द्रित गर्नुपर्ने बताउँदै महरले भने, ‘१५औँ महाधिवेशनलाई कसको नेतृत्व बनाउने भन्नेमा मात्र सीमित नराखी कस्तो कांग्रेस, कस्तो सङ्गठन र कस्तो नेपाल बनाउने भन्ने बहसमा केन्द्रित गराउनुपर्छ।’आफ्नो प्रतिबद्धता व्यक्त गर्दै उनले थपे, ‘पुरानो पुस्ताको अनुभव र संस्कारलाई जोड्दै जिम्मेवारीपूर्वक जवाफ दिने कांग्रेस बनाउने अभिभारा हाम्रो काँधमा आएको छ, र म त्यो अभिभारा बोक्न पूर्ण रूपमा तयार छु।’ उनले नेतृत्व मात्र नभई समावेशिताका साथ कांग्रेस नै बदल्ने संकल्प गर्न सबैलाई आह्वानसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु