सम्राट सिंह/साउन २७, बझाङ । जिल्ला समन्वय समिती बझाङमा एमालेको प्यानल बिजयी भएको छ ।
अरु पार्टीले मनोनयन दर्ता नगरेपछि नेकपा एमालेको प्यानल नै र्निविरोध विजयी भएको हो । जिल्लामा रहेका २ नगरपालिका र १० वटा गाउपालिका गरी १२ वटा स्थानिय निकाय रहेका छन ।
जयमध्य ४ वटामा काँग्रेसले विजयी हात पारेको थियो भने ८ वटा स्थानिय तहमा एमाले विजयी भएको थियो । जिल्ला समन्मय समितिमा एमालेको एकलौटी बहुमत देखिएपछि काँग्रेसले पनि उम्मेदवारी नै नदिएको जनाएको छ ।
जिल्ला समन्मय समितिको संयोजकमा नेकपा एमालेका खडक खडका र उपसंयोजकमा भागरथी अवस्थी जोशी लगाएत ९ सदस्य समिति चयन भएको छ । निर्विरोध चयन भएका सम्पूर्ण जिल्ला समन्वय समितिका पदाधिकारीलाई आजै सपत ग्रहण गरी पदवहाली पनि भएको छ ।