साउन २८, गौशाला । अबिरल वर्षाका कारण महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् । 

ती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, गौशाला । अबिरल वर्षाका कारण महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् । 

ती"/>

2026-09-12 12:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीका ४१ वटा सडक बाढीले अवरुद्ध, वर्षाका कारण १७ घर विस्थापित


साउन २८, गौशाला । अबिरल वर्षाका कारण महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् । 

तीन/चार दिनदेखि लगातार भइरहेको वर्र्षाका कारण सडक बिग्रिएपछि जिल्लामा रहेका ४० ग्रामीण सडक र दुई मुख्य पक्कीसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् । 

लगातारको वर्षाका कारण जिल्लाको मुख्य पक्की सडक जलेश्वर जनकपुरसहित ग्रामीण सडक मटिहानी जलेश्वर परिक्रमा सडक, भिठ्ठामोड जलेश्वर सडक, मटिहानी जनकपुर रामजानकी पथ, जलेश्वर हर्दी हुलाकी सडक, जनकपुर लोहारपट्टी सडक खण्डको यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने स्थानीयवासीलाई निक्कै कष्ठपूर्ण भएको छ । 

यसबीच जिल्लाको एकमात्र जलेश्वर बर्दिवास सडकखण्ड सुचारु रहेको छ । 

वर्षाका कारण १७ घर विस्थापित 

यसैगरी अबिरल वर्षाका कारण महोत्तरी जिल्लाको दुई गाउँका १७ परिवार विस्थापित भएका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअुनसार लगातारको वर्षाका कारण जिल्लाको पिपरा गाउँपालिका – ४ पासवान टोलमा स्थानीय वृहस्पति पासवान, नथुनी पासवान, दिनेश पासवान, मला पासवान र पिपरा– २ का इब्राहिम राईनका घर पूर्ण रुपमा ढलेर विस्थापित भएका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतकाअनुसार पिपरा पासवान टोलका पाँचै जनाको घर भत्किँदा उनीहरुको घरबार र घरभित्र रहेका अन्नपातसहित रु सात लाखको क्षति भएको छ । 

वर्षाका कारण विस्थापित भएका पिपराका पासवान केही छिमेकीको घर र केही स्थानीय विद्यालयमा शरण लिएर बसेका छन् । 

त्यस्तै लगातारको वर्षाकै कारण जिल्लाको सम्सी गाउँपालिका– ४ गँैंढाभेटपुरमा १२ घर मुसहर र दुसाध विस्थापित भएका छन् । 

गाउँभन्दा दक्षिणपट्टी एउटा साने टोलमा स–साना छाप्रा बनाएर बसिरहेका उनीहरुको घर÷घरमा बर्षाका पानी पसेर– चार जनाको घर भत्किएको र अन्य सबै जनाको घरको सबै सरसामान डुबानमा परेको स्थानीय ललन झाले बताउनुभयो । 

बर्षाको पानी घर÷घरमा पसेको र केही व्यक्तिको घरसमेत भत्किएपछि १२ जनालाई स्थानीयवासीले सार्वजनिक माध्यमिक विद्यालयमा उद्धार गरी अस्थायी बास दिलाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा