साउन २८, विराटनगर । मोरङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने १९ वटा चौपाया मरेका छन् । 

लेटाङ नगरपालिका–१ को मालबाँसेमा पहिरो खस्दा ३७ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, विराटनगर । मोरङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने १९ वटा चौपाया मरेका छन् । 

लेटाङ नगरपालिका–१ को मालबाँसेमा पहिरो खस्दा ३७ "/>

2026-09-19 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोमा पुरिएर एकको मृत्यु, उद्धारमा चारहजार सुरक्षाकर्मी परिचालित


साउन २८, विराटनगर । मोरङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने १९ वटा चौपाया मरेका छन् । 

लेटाङ नगरपालिका–१ को मालबाँसेमा पहिरो खस्दा ३७ वर्षीया गोपीमाया तामाङको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । पहिरोले दुईवटा घरलाई १०० मिटर तलसम्म बगाएको थियो । पुरिएको अवस्थामा तामाङको शव फेला पारिएको थियो । 

पहिरोले लेटाङ–६ लामिटारका राजेन्द्र चेम्जोङको घर, गोठ बगाएको छ । पहिरोबाट चेम्जोङका तीन गाई, तीन गोरु, छ खसीबाख्रा र छ कुखुरा मरेका छन् भने पाँच कठ्ठा जमिनमा समेत क्षति पु¥याएको छ । 

त्यस्तै, पहिरोले सोही ठाउँका खगेन्द्र सिलवालको टिन र बाँसले बनेको घर पहिरोले धसिएर बस्न नमिल्ने अवस्थामा पुगेको प्रहरीले जनाएको छ । लेटाङ इलाका प्रहरी कार्यालयबाट प्रहरी उद्धार कार्यमा खटिएको छ । 

यसैबीच, अपराह्न ४ बजेसम्म मोरङमा वर्षा जारी रहेको छ । मोरङका १७ वटै स्थानीय तहका अधिकांश बस्ती डुबानमा परेका छन् । सडकमार्ग कतिपय ठाउँमा भत्किएको छ । यातायात आवागमन पुरै ठप्प भएको छ । 

पहिरो तथा बाढीपीडितको उद्धारका लागि करिब चार हजार ५०० सुरक्षाकर्मी खटिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई