साउन २८, रामेछाप । नगर दलित एकता सञ्जाल रामेछापको प्रथम साधारण सभा शनिवार रामेछापको गौरीशकर क्याम्पस सभाहलमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष ज्ञानबहादुर व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, रामेछाप । नगर दलित एकता सञ्जाल रामेछापको प्रथम साधारण सभा शनिवार रामेछापको गौरीशकर क्याम्पस सभाहलमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष ज्ञानबहादुर व"/>

2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

दलित, जनजाति र महिला आरक्षणमा मात्र सिमित हुनुहुँदैन: नगरप्रमुख थापा मगर


साउन २८, रामेछाप । नगर दलित एकता सञ्जाल रामेछापको प्रथम साधारण सभा शनिवार रामेछापको गौरीशकर क्याम्पस सभाहलमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष ज्ञानबहादुर विकको सभाध्यक्षमा भएको उक्त कार्यक्रमको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापाले मैन बत्ति बालेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले परिवर्तित अहिलेको परिबेशमा दलित, जनजाति, महिला भन्दै आरक्षणमा मात्र सिमित हुन नहुने बताउनुभयो । उहाँले अब सबै क्षेत्रमा सवै जातजाति प्रतिस्पर्धामा आउनुपर्ने भन्दै आरक्षणको खोजि गरेर आफ्नो कमजोरीपना देखाउन नहुने बताउनु भयो ।

कार्यक्रममा कार्यक्रममा वक्ताहरूले  दलित अधिकारको बारेमा आ–आफ्नो धारणा राखेका थिए । साेहि कार्यक्रममा दलित समुदायबाट स्थानिय तहकोमा निर्वाचन निर्वाचित प्रतिनिधिहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

साधारण सभाले समिता विश्वकर्माको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश तारा बहादुर विश्वकर्मा, दिपक नेपाली, सेर बहादुर सार्की र सुनमाला विश्वकर्मा रहेका छन् । 

सदस्यहरुमा विनोद कटुवाल, अम्बर विश्वकर्मा, बालकुमारी विश्वकर्मा, तेजबहादुर कालिकोटे, सिताराम लोहनी र लालकुमारी विश्वकर्मा चुनिएका छन् ।

यसैविच नेपाल मगर संघ रामेछाप नगर समितिको प्रथम भेला शनिवारै रामेछाप बजारमा सम्पन्न भएको छ । समितिका संयोजक राजुकुमार मगरको अध्यक्षता एवं नगरपालिका प्रमुख नरबहादुर थापा मगरको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मगर समुदायको झाकी सहित विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आ–आफ्नो कला प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई