साउन २८, रामेछाप । नगर दलित एकता सञ्जाल रामेछापको प्रथम साधारण सभा शनिवार रामेछापको गौरीशकर क्याम्पस सभाहलमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष ज्ञानबहादुर व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, रामेछाप । नगर दलित एकता सञ्जाल रामेछापको प्रथम साधारण सभा शनिवार रामेछापको गौरीशकर क्याम्पस सभाहलमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष ज्ञानबहादुर व"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

दलित, जनजाति र महिला आरक्षणमा मात्र सिमित हुनुहुँदैन: नगरप्रमुख थापा मगर

२८ श्रावण २०७४, शनिबार १५:२७


साउन २८, रामेछाप । नगर दलित एकता सञ्जाल रामेछापको प्रथम साधारण सभा शनिवार रामेछापको गौरीशकर क्याम्पस सभाहलमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष ज्ञानबहादुर विकको सभाध्यक्षमा भएको उक्त कार्यक्रमको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापाले मैन बत्ति बालेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले परिवर्तित अहिलेको परिबेशमा दलित, जनजाति, महिला भन्दै आरक्षणमा मात्र सिमित हुन नहुने बताउनुभयो । उहाँले अब सबै क्षेत्रमा सवै जातजाति प्रतिस्पर्धामा आउनुपर्ने भन्दै आरक्षणको खोजि गरेर आफ्नो कमजोरीपना देखाउन नहुने बताउनु भयो ।

कार्यक्रममा कार्यक्रममा वक्ताहरूले  दलित अधिकारको बारेमा आ–आफ्नो धारणा राखेका थिए । साेहि कार्यक्रममा दलित समुदायबाट स्थानिय तहकोमा निर्वाचन निर्वाचित प्रतिनिधिहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

साधारण सभाले समिता विश्वकर्माको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश तारा बहादुर विश्वकर्मा, दिपक नेपाली, सेर बहादुर सार्की र सुनमाला विश्वकर्मा रहेका छन् । 

सदस्यहरुमा विनोद कटुवाल, अम्बर विश्वकर्मा, बालकुमारी विश्वकर्मा, तेजबहादुर कालिकोटे, सिताराम लोहनी र लालकुमारी विश्वकर्मा चुनिएका छन् ।

यसैविच नेपाल मगर संघ रामेछाप नगर समितिको प्रथम भेला शनिवारै रामेछाप बजारमा सम्पन्न भएको छ । समितिका संयोजक राजुकुमार मगरको अध्यक्षता एवं नगरपालिका प्रमुख नरबहादुर थापा मगरको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मगर समुदायको झाकी सहित विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आ–आफ्नो कला प्रस्तुत गरिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु