साउन २९, मुगु | चार वर्ष अघि पहिलो पटक महिनावारी हँदा नमुना उच्च माध्यामिक बिद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा डिलमाया विटालुले आफ्नो घरमा पनि भन्न सक्नु भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, मुगु | चार वर्ष अघि पहिलो पटक महिनावारी हँदा नमुना उच्च माध्यामिक बिद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा डिलमाया विटालुले आफ्नो घरमा पनि भन्न सक्नु भएको "/>
2026-09-08 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

महिनावारी समययमा मानसिक तनावमा किशोरी

साउन २९, मुगु | चार वर्ष अघि पहिलो पटक महिनावारी हँदा नमुना उच्च माध्यामिक बिद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा डिलमाया विटालुले आफ्नो घरमा पनि भन्न सक्नु भएको थिएन । पछि साथीहरुबाट घरमा थाहाभएपछि उहाँलाई गोठमा पठाएको पीडा अझै हटेको छैन । 

देवीदेवता रिसाउने डरले महिनावारी अर्थात स्थानीय भाषामा छाउ भएका बेला घर बस्नु हुँदैन भन्ने अलिखित नियमले किशोरी छात्राहरु मानसिक तनावमा हुने गरेको किशोरी छात्राहरु बताउने गरेका छन । महिनावारी भएकाले बेला अरुले थाहा पाउलान्, कतिपय अवस्थामा दुःखाइको पीडा जस्ता कारणले पढाइमा ध्यान नजाने र विद्यालय जानै मन नलाग्ने उनि हरु बताउँछन् । महिनावारी भएको समयमा छाउगोठमा बसुन्जेल डर लागिरहने भएकाले अरु केही गर्नै नसक्ने छायाँनाथ रारा नगरपालीका वडा नं ५ की २० वर्षिया सबिना हमालको पनी उस्तै गुनासो छ । छाउपडी प्रथाले प्रत्येक व्यक्तिदेखि समाजसम्मलाई असर परिरहेको हुन्छ । पछिल्लो समय कतिपयले यो थाहा पाएर पुरानो चलनलाई चुनौति दिंदै छाउगोठमा नजाने पनि गरिरहेका छन् । छाउपडी हटाउन तथा महिनावारी प्राकिृत प्रक्रिया हो भन्ने सन्देश दिन मुगुमा पनी बिभिन्न सघ सस्था लागीपरेका छन त्यस्तै कु प्रथाको न्युनिकरण गर्न हिमाली ग्रामाीण युवा समाज बिकास केन्द्र हिरिष्डेक मुगुले जिल्लाका ६ गाबिसमा काम गरीरहेको छ भने याक्सन वर्कले पनी मुगु मितिरी समुह गठन मार्फत छाउपडी न्युनिकरण गर्न जिल्लका ८ गाबिसमा काम गरीरहेको छ । 

जिल्लाका कतिपयले छाउगोठमा नजाने गर्न थालिसकेका छन् भने हिमाली ग्रामाीण युवा समाज बिकास केन्द हिरिष्डेकले दिईएको तालीम तथा जानकारी संगै छायाँनाथ रारा नगरपालीका भित्र रहेका .गाउँमा धामी झाँक्रीहरु नै छाउपडी गोठमा बस्न नहुने अभियानमा पनि छन् त्यस्तै जिल्लाको साविकाको रोवा गाबिसको वडा नं ७ शोभा गाउँ छाउगोठ मुक्तपनी भइसकेको छ । कतिपय जनप्रतिनिधिहरुले आफ्नो ठाउँलाई छाउगोठ मुक्त बनाउने घोषणा पनि गरेका कारण परिवर्तन हुँदै जाने अपेक्षा गर्न सकिन्छ । तर सघ सस्थाका कार्यक्रम डुब्लीकेशन भएर काम भएकाले यसमा केहि बाध सिजृना हुने जानकार हरुको भनाई छ । 

जिल्लाको सन्र्दभमा साबिकका २४ गाबिस छन छाउपडी न्युनिकरणका सन्र्दभमा कार्यक्रम हरु डुब्लीकेशन गरेका पाईन्छन यस्ता क्रियाकलापले समाजमा नराम्रो असर पार्ने भएकाले सहकार्य अथवा फरकफरक गाबिसमा काम गर्न सकिएमात्र कार्यक्रम गरेको प्रतिफल प्राप्त हुने स्थाानीयको भनाई छ । नत्त बालुमा पानी हाले जस्तै हुने देखिएका छन । – नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ