काठमाडौँ, २९ साउन । गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज बसेको आकस्मिक बैठक केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको छ । 

अविरल वर्षाका कारण जनधनको क्षति बढ्न थाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, २९ साउन । गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज बसेको आकस्मिक बैठक केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको छ । 

अविरल वर्षाका कारण जनधनको क्षति बढ्न थाल"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्धार कार्यका लागि केन्द्रीय कमाण्ड पोष्ट गठन

२९ श्रावण २०७४, आईतवार ०८:३९

काठमाडौँ, २९ साउन । गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज बसेको आकस्मिक बैठक केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको छ । 

अविरल वर्षाका कारण जनधनको क्षति बढ्न थालेपछि उद्धार कार्यलाई चुस्त तथा छरितो बनाउन मन्त्री शर्माको नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको हो । 

बैठकले भारतीय समकक्षीसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोशी ब्यारेजका थप ढोका खुलाउन अनुरोध गरेको छ । 

त्यसैगरी, बाढीपीडितको व्यवस्थापनका लागि यातायात तथा आपूर्ति व्यवस्थालाई सञ्चालनमा राख्ने, प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधिको सक्रिय सहभागितालाई अभिवृद्धि गर्ने लगायतका निर्णय भएको छ ।

अहिले बाढीग्रस्त क्षेत्रमा नेपाल प्रहरीबाट पाँच हजार ६००, सशस्त्र प्रहरीबाट एक हजार ७०० र नेपाली सेनाबाट एक हजार जना गरी जम्मा आठ हजार ३०० सुरक्षाकर्र्मी परिचालन गरिएको छ । 

शनिबार साँझसम्म मुलुकका ११ जिल्ला वर्षा र बाढीबाट प्रभावित भएका छन् । अहिलेसम्म बाढीग्रस्त पाँचथर, सिन्धुली, झापा, मोरङ्ग, सुनसरी, सर्लाही, बारा, दाङ, बाँके, मकवानपुर र पाल्पा जिल्लामा गरी कूल ३३ जनाको मृत्यु भएको छ र अन्य चार घाइते छन् । 

खोज तथा उद्धारमा नेपाली सेनाको हेलिप्याडमार्फत बाँकेका डुबानग्रस्त क्षेत्र नरैनापुर, होलिया, फत्तेपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानबाट २०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

त्यसैगरी, झापाकोे मदरगाछी, कपन, कवास, सालपारा, सौरघुटु, सुनसरीको बुढीखोला सप्तरीको हनुमान नगर, तिलाठी, सर्लाहीको बाग्मती क्षेत्र, रौतहटको बाग्मती र लालबकैयालगायत अन्य प्रभावित स्थानबाट ¥याफ्टिङ बोट लगायतका साधन प्रयोग गरी उद्धारको कार्य भइरहेको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समितिबाट चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल, नून, तेल स्थानीयस्तरबाट खरिद गरी पीडितहरुलाई वितरण गरिएको छ । 

नेपाल खाद्य संस्थानका विभिन्न डिपोबाट प्रभावित परिवारलाई खाद्य सामग्री वितरण गर्न प्याकेजिङ गर्ने कार्य भइरहेको छ भने त्यस्ता सामग्री वितरणमा नेपाली सेनाको सबै हेलिप्याड तयारी अवस्थामा राखिएका छन् । 

मौसमको प्रतिकूलताले प्रभावित क्षेत्रमा उडान भर्न नसकिरहेको बताइएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध राजमार्गलगायत सडक तथा पुल सञ्चालनमा ल्याउन प्रयास गरिरहेको छ । 

औषधिसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ । 

यसैगरी, निजी क्षेत्रका हेलिकप्टर प्राथमिकताका साथ परिचालन गर्र्न नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयलाई अनुरोध गरिएको छ भने स्थानीय भाषामा एफएममार्फत सर्वसाधारणलाई सूचना प्रवाह गर्न आग्रह गरिएको छ । 

प्राकृतिक विपद्को यो घडीमा खोज, उद्धार र राहत कार्यमा हातेमालो गर्न र दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्री उपलब्ध गराउने कार्यमा आ–आफ्नोतर्फबाट सहयोग गर्न गृह मन्त्रालयले उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्था, समाजसेवी र सञ्चारमाध्यम सबैमा अपिल गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु