काठमाडौँ, २९ साउन । गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज बसेको आकस्मिक बैठक केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको छ । 

अविरल वर्षाका कारण जनधनको क्षति बढ्न थाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, २९ साउन । गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज बसेको आकस्मिक बैठक केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको छ । 

अविरल वर्षाका कारण जनधनको क्षति बढ्न थाल"/>

2026-07-25 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्धार कार्यका लागि केन्द्रीय कमाण्ड पोष्ट गठन

काठमाडौँ, २९ साउन । गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज बसेको आकस्मिक बैठक केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको छ । 

अविरल वर्षाका कारण जनधनको क्षति बढ्न थालेपछि उद्धार कार्यलाई चुस्त तथा छरितो बनाउन मन्त्री शर्माको नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको हो । 

बैठकले भारतीय समकक्षीसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोशी ब्यारेजका थप ढोका खुलाउन अनुरोध गरेको छ । 

त्यसैगरी, बाढीपीडितको व्यवस्थापनका लागि यातायात तथा आपूर्ति व्यवस्थालाई सञ्चालनमा राख्ने, प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधिको सक्रिय सहभागितालाई अभिवृद्धि गर्ने लगायतका निर्णय भएको छ ।

अहिले बाढीग्रस्त क्षेत्रमा नेपाल प्रहरीबाट पाँच हजार ६००, सशस्त्र प्रहरीबाट एक हजार ७०० र नेपाली सेनाबाट एक हजार जना गरी जम्मा आठ हजार ३०० सुरक्षाकर्र्मी परिचालन गरिएको छ । 

शनिबार साँझसम्म मुलुकका ११ जिल्ला वर्षा र बाढीबाट प्रभावित भएका छन् । अहिलेसम्म बाढीग्रस्त पाँचथर, सिन्धुली, झापा, मोरङ्ग, सुनसरी, सर्लाही, बारा, दाङ, बाँके, मकवानपुर र पाल्पा जिल्लामा गरी कूल ३३ जनाको मृत्यु भएको छ र अन्य चार घाइते छन् । 

खोज तथा उद्धारमा नेपाली सेनाको हेलिप्याडमार्फत बाँकेका डुबानग्रस्त क्षेत्र नरैनापुर, होलिया, फत्तेपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानबाट २०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

त्यसैगरी, झापाकोे मदरगाछी, कपन, कवास, सालपारा, सौरघुटु, सुनसरीको बुढीखोला सप्तरीको हनुमान नगर, तिलाठी, सर्लाहीको बाग्मती क्षेत्र, रौतहटको बाग्मती र लालबकैयालगायत अन्य प्रभावित स्थानबाट ¥याफ्टिङ बोट लगायतका साधन प्रयोग गरी उद्धारको कार्य भइरहेको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समितिबाट चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल, नून, तेल स्थानीयस्तरबाट खरिद गरी पीडितहरुलाई वितरण गरिएको छ । 

नेपाल खाद्य संस्थानका विभिन्न डिपोबाट प्रभावित परिवारलाई खाद्य सामग्री वितरण गर्न प्याकेजिङ गर्ने कार्य भइरहेको छ भने त्यस्ता सामग्री वितरणमा नेपाली सेनाको सबै हेलिप्याड तयारी अवस्थामा राखिएका छन् । 

मौसमको प्रतिकूलताले प्रभावित क्षेत्रमा उडान भर्न नसकिरहेको बताइएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध राजमार्गलगायत सडक तथा पुल सञ्चालनमा ल्याउन प्रयास गरिरहेको छ । 

औषधिसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ । 

यसैगरी, निजी क्षेत्रका हेलिकप्टर प्राथमिकताका साथ परिचालन गर्र्न नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयलाई अनुरोध गरिएको छ भने स्थानीय भाषामा एफएममार्फत सर्वसाधारणलाई सूचना प्रवाह गर्न आग्रह गरिएको छ । 

प्राकृतिक विपद्को यो घडीमा खोज, उद्धार र राहत कार्यमा हातेमालो गर्न र दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्री उपलब्ध गराउने कार्यमा आ–आफ्नोतर्फबाट सहयोग गर्न गृह मन्त्रालयले उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्था, समाजसेवी र सञ्चारमाध्यम सबैमा अपिल गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक