१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालगृहमा बाढी पसेपछि ३६५ को हेलिकप्टरबाट उद्धार

२९ श्रावण २०७४, आईतवार १३:४०


साउन २९, चितवन । पश्चिम चितवनको जगतपुरमा रहेको आशा बालगृहमा राप्तीको बाढी पसेपछि त्यहाँ रहेका विद्यार्थी, शिक्षक र कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । 

बालगृहलाई बीचमा पारेर राप्तीको भङ्गालो बगेपछि त्यहाँ ३६५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । उनीहरुलाई नजिकै रहेको गौरचनको विद्यालयमा राखिएको छ । 

बालगृह भवनको पहिलो तला पानीले भरिएपछि उनीहरु दोस्रो, तेस्रो तला र छतमा बसेका थिए । सो स्थानमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, प्रजिअ भट्टलगायत सुरक्षा निकायका प्रमुख पुगेपछि हेलिकप्टर मगाएर उद्धार गरिएको हो । यसअघि २०५९ सालमा बाढी आउँदासमेत सो बालगृह डुबानमा परेको थियो । 

यस्तै चितवन राष्ट्रिय निकुञ्जका १५ वटा सुरक्षा पोस्टमा बाढी पसेपछि त्यहाँ रहेका सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार भीमपुर, कछुवानी, जर्नेली, सुकिभार, ध्रुव, घडगाई र बाघमारालगायतका पोस्ट बाढीले डुबानमा परेका छन् । निकुञ्जमा ५७ वटा पोस्ट रहेका छन् । 

निकुञ्ज हुँदै बग्ने खोलाको पानी राप्ती नदीको पानीले ठेलिएपछि पोस्टहरु डुबानमा परेका हुन् । त्यसैगरी निकुञ्जका वन्यजन्तु समेत बाढीले बगाएको अर्यालले बताउनुभयो । यद्यपि बाढीले बगाएको जनावरको एकिन तथ्यांक भने आउन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु