पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक पुनः अवरुद्ध

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

साउन ३०, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गए रातिदेखि पुनः अवरुद्ध भएको छ ।

दाउन्ने सडकखण्डको बीच भागमा मालवाहक ट्रक फसेका कारण सवारी आवागमन ठप्प भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयो ।

गए रातिबाट अवरुद्ध सडक बिहानबाट ट्रक पन्छाउने काम भइरहेको छ । हिलाम्य सडक भएका कारण समस्या भएको छ । प्रजिअ मगरले भन्नुभयो, “यद्यपि ट्रक पन्छाएर अवरुद्ध सडक सञ्चालन गर्ने तयारी छौँ ।”

शुक्रबार रातिदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड आइतबार दिउँसो १ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आए पनि गए राति ९ बजेबाट सडकमा ट्रक फसेका कारण पुनः अवरुद्ध बनेको हो ।

दाउन्ने क्षेत्रमा शुक्रबार रातिदेखि लगाताररूपमा पहिरो खसेको र शनिबार दाउन्ने सडकखण्डअन्तर्गत एस मोड क्षेत्रमा सडकका केही भाग भासिएपछि लगातार तिन दिन सम्म सडक अवरुद्ध बनेको थियो ।

भासिएको सडकमा तत्कालका लागि मर्मत सम्भार गरिएको छ । अझै पनि सामान्य वर्षा भइरहेका कारण दाउन्ने क्षेत्रमा पहिरो जाने खतरा कायमै भएकाले वर्षा रोकियो र पहिरो नखसे बल्ल सहज रुपमा सडक सञ्चालन हुने अवस्था देखिन्छ । रासस

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply